भुकम्पपछि बनेका दुईकोठे घरमा लकडाउनले समस्या

भुकम्पपछि बनेका दुईकोठे घरमा लकडाउनले समस्या

चरिकोट : भीमेश्वर नगरपालिका–२, न्यागलका ६८ वर्षीय अमरबहादुर पुलामीमगरको घरमा १० जनाको परिवार छ। सरकारले दिएको अनुदान रकममा केही थपथाप गरेर उनले दुईकोठे घर बनाए। जेठो छोरा विदेशमा रहेको मगरको परिवारका ९ जना लकडाउनमा दुईकोठे घरमा बसिरहेका छन्।

‘निजी आवास लाभग्राही सूचीमा मेरोमात्र नाम आएर एउटा घर बनाइयो।’ मगरले भने, ‘डरले तला पनि थपिएन, अहिले यत्रो परिवार कहाँ बस्ने, कहाँ खाने, कहाँ सुत्ने भएको छ।’ लकडाउन नहुँदा परिवार विभिन्न ठाउँमा काम गर्न जाँदा घरमा थोरै मान्छे हुँदा बस्न पुगेको तर अहिले सबैजना जम्मा हुँदा भने साह्रै समस्या भएको उनले सुनाए।

यस्तै भीमेश्वर नगरपालिका–२ की निसा श्रेष्ठको पनि पाँच जनाको परिवार छ। सरकारले सानो घर बलियो हुन्छ भनेर उनले पनि दुईकोठे घर बनाइन्। यस्तो बेला (लकडाउन)मा पाँचजनाको परिवारलाई बस्न नपुगेपछि आफू तला थप्ने निस्कर्षमा पुगेकी बताइन्।

भीमेश्वर नगरपालिका–२, नागदहका कृष्ण लामा अरुबेला भक्तपुरमा काम गरी बस्थे तर लकडाउनमा उनी पनि घर आए। दुईकोठे घरमा उनी आएपछि बाबु आमा भान्सामा सुत्छन्, अर्को राखनधरन गर्ने कोठामा उनी सुत्छन्। दाउराले खाना पकाउने भान्सा कोठामा बस्दा बृद्ध बाबुमा दमको समस्या बढेको उनको भनाई छ। 

यी त जिल्लाका प्रतिनिधिमूलक घटना मात्र हुन्। भुकम्पको डरले बलियो हुने ठानेर दुईकोठे घर बनाएका दोलखाका करिब ७० प्रतिशत स्थानीय लकडाउनको समयमा मारमा परेका छन्। रोजगारीको सिलसिलामा विभिन्न स्थानमा गएका परिवारका सदस्यहरु लकडाउनको कारण फर्कँदा दुईकोठे घरमा बस्ने ठाउँ अभावले समस्यामा परेका हुन्।

परिवारका सबै सदस्य भेला हुँदा दुईकोठे घरले नपुगेपछि दोलखामा अस्थायी टहरा बनाएर बस्ने क्रम पनि बढेको  छ। जिल्लाभर निर्माण सम्पन्न भएकामध्ये अधिकांश दुईकोठे घर बनेको पुर्ननिर्माण प्राधिकरणकै तथ्याङ्क छ। हतारमा बनाइएका दुईकोठे घरमा सानो परिवारको पनि आवश्यकता पूरा हुन नसक्ने नागरिक अगुवा चिरञ्जीवि मास्केको भनाई छ। ‘परिवारका सदस्यहरु रोजगारीको सिलसिलामा सहरतिर र गाउँमा आमाबाबु मात्र बस्ने भएकोले दुईकोठे घरले काम चले जस्तो देखिएको मात्रै हो। सबै युवा गाउँमा बस्ने हो भने नयाँ घर बनाउनु वा तला थप्नुको विकल्प छैन।’ मास्केले भने।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका जनसंख्या विषयका प्राध्यापक दुर्गा दाहालले एउटा परिवारका लागि गाउँमा कम्तिमा ५ ओटा कोठा आवश्यक पर्ने बताउँछन्। भुकम्पको त्रासले मानिसले दुईकोठे भुइँघरमात्र बनाउँदा लकडाउन, पर्व विशेषमा समस्या आएको भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेस राउतको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.