दक्ष जनशक्ति अभावमा आरटीपीसीआर मेसिन जडानमा ढिलाइ

दक्ष जनशक्ति अभावमा आरटीपीसीआर मेसिन जडानमा ढिलाइ

धनगढी : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडान हुन सकेको छैन् । केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षण तीव्रता दिन पठाएको आरटीपीसीआर मेसिन जडान हुन नसकेको हो ।

सरकारले एकै पटक ठूलो संख्यामा कोभिड-१९ परीक्षण गर्न मिल्ने आरटी पीसीआर मेसिन धनगढीमा पठाएको छ । सेनाको स्काई ट्रकमार्फत ल्याएको उपकरण सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या हुने देखिएको छ । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले आवश्यक जनशक्तिको माग गरेको बताए । दक्ष जनशक्ति नहुँदा उपकरण जडान गर्न ढिलाइ भएको मन्त्रालयले जानकारी दिएको छ । 

धनगढीमै कोरोनाको संक्रमित बिरामी देखिँदासम्म परीक्षणको लागि 'थ्रोट स्वाब' परीक्षण काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ । यसको परीक्षण धनगढीमा नै गर्न पीसीआर मेसिन पठाएको हो ।

जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामग्रीको अभाव भएपछि समस्या भएको प्राविधिकले बताए । प्रदेश सरकारलाई आवश्यक १० बढी सामान खरिद गर्न भनिएको मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनिल प्रसाद लेखकले जानकारी दिए । प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडानको काम ढिलाइ भएको उनको भनाई छ ।

'प्रदेश सरकारलाई आवश्यक सामानको सूची दिएका छौं, सामान आएको छैन् । सामान नभएकाले उपकरण जडानको काम रोकिएको छ,' उनले भने । उपकरण जडान भए १२ घण्टामा दुई सय ७० जनाको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न सकिने छ ।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १८ गते सुदूरपश्चिम प्रदेशको लागि भन्दै पीसीआर मेसिन पठाएको हो । पठाएको २ दिनपछि सो मेसिनबाट परीक्षणको कार्य सुरु भए पनि १ पटकमा १ वटामात्रै नमूना परीक्षण गर्न सकिने तथा दिनमा ७÷८ वटा मात्रै नमूना परीक्षण हुने हुँदा नमूना परीक्षण गर्न काठमाडौं नै पठाउनुपर्ने बाध्यता यथावत छ ।

उपकरण मात्रै पठाइएपछि हाल सो उपकरण जडान तथा सञ्चालनको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा स्थापना गर्न खटाइएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखककै काँधमा थोपारिएको हो । उनका अनुसार सो मेसिनबाट दैनिक २ सय देखि ३ सय जनाको नमूना परीक्षण गर्न सकिन्छ ।

लेखकले यहाँ रहेका सीमित जनशक्तिलाई प्रयोगशाला सञ्चालनबारे सिकाउँदै परीक्षणको काम अगाडी बढाने दावी गरे । भारत तथा अन्य मुलुकबाट सुदूरपश्चिममा मात्रै डेढ लाख भित्रिएका छन् । तर हाल कोभिड-१९ को दोस्रो चरणमा रहेको सुदूरपश्चिममा २ हजार ३ सय ९९ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र डोटीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.