बाजुरामा र्यापिड डायग्नोसिस टेष्ट सुरु, ४८ जनाको कोरोना रिपोर्ट नेगेटिभ
बाजुरा : बाजुरा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षणका लागि र्यापिड डायग्नोसिस टेष्ट पछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ । बाजुरामा क्वारेन्टाइनमा १४ दिन पुगेकालाई र्यापिड डायग्नोसिस टेष्ट विधिबाट परीक्षण गरिएका ४८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।
बाजुरा जिल्ला ९ वटा क्वारेन्टाइनमा राखिएका मानिसको र्यापिड डायग्नोसिस टेष्ट गरिएको छ । १४ दिन पुगेका बडिमालिका नगरपालिकाको बडिमालिका माबिमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई र्यापिड डायग्नोसिस टेष्ट गरिएको छ ।
रिपोट नेगेटिभ आएमा उनीरुलाई १ हप्ता होम क्वारेन्टटाइमा बस्ने गरी कागज बनाएर घर पठाउने गरेको बडिमालिका नगरपालिकाका स्वास्थ्य सयोजक टेकबहादुर खड्काले बताए। ९ वटा स्थानीय तहका १ सय १७ जनलाई क्वारेन्टान्टाइनमा राखिएका छन् । र्यापिड डायग्नोसिस टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानीय तहका स्वास्थ्यकर्मी परिचालन गरिएको पन्तले बताए ।
र्यापिड डायग्नोसिस टेष्टका लागि पहिलो चरणमा ३ सय थान र्यापिड डायग्नोसिस टेष्ट किट जिल्लामा आएको छ । क्वारेन्टाइनमा बसेका चेकपछि चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटीमा खटिएका प्रहरीको पनि टेष्ट गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।