भोकले पो मरिने हो कि ?
योे लेखलेख्दासम्म विश्वकोकरिब १६ लाख जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ। ९५ हजारभन्दा बढीव्यक्तिले यो लडाइँमा ज्यान गुमाइसकेका छन्।
धेरै देशहरूमा लकडाउनका बाबजुद पनि हालसम्म यो संख्या बढ्ने क्रममै छ। चीन र दक्षिण कोरियामा बाहेक अरु कुनै पनि देशमा घट्ने लक्षण देखिएको छैन। विगत तीन महिनामा विश्वका सबै व्यक्तिहरू यो महामारीबाट आतंकित भएका छन् र भौतिक तथा मानसिक रूपमा सास्ती भोगिरहेका छन्। यसको रोकथामको औषधि नै नभएकाले यस्तो अवस्था कतिसम्म लम्बिनेहो भन्नेअनिश्चित नै छ। पर्खौं, आफ्नो कर्तव्य पूरा गरौं र हेरौं।
यो महामारीले विश्वका सबै देशहरूमा आर्थिक,सामाजिक, राजनैतिक र सांस्कृतिक धरातल नै हल्लाइदिएको छ। यसको प्रकृति र स्वरूपबारे अनिश्चितता भएकाले यसकोप्रभावको आँकलन गर्न सबैलाई गाह्रै परेको छ। अनुमान गर्नबाहेक कुनैपनि अध्ययन वा मोडलले अहिले नै यकिन गर्न सकिएको छैन। अरु बेलाको महामारी कुनै देश वा भौगोलिक क्षेत्रमा मात्र केन्द्रित हुने भएकाले त्यसको प्रभावसीमित हुन्थ्यो। तर यो महामारी छोटो समयमै विस्तारित भएकाले यसको बहुआयामिक असरबारे अध्ययन हुँदै जाला। अहिले सबै मानिसलाई रोगले बाँचे पनि भोकलेपो मरिएला कि भन्ने डर छ। यस लेखमा नेपालमा खाद्य सुरक्षा र खाद्यसंकट, मानिसहरूको खाने बानी र यसबाट बच्न नेपालको कृषिक्षेत्रको भूमिकाबारे विश्लेषण गर्ने प्रयास गरिएको छ।
महामारी र खाद्यसुरक्षा
खाद्यसुरक्षा भन्नासाथ एउटा व्यक्तिलाई स्वस्थ भएर बाँच्नचाहिने पोषणयुक्त आहार चाहेको समयमा सधैँका लागि, सबैका लागि पहुँँचहुने र त्यसको उपयुक्त तरिकाले खाने भन्ने बुभ्mनुपर्छ। हुन त खाद्यसुरक्षा विश्वकै चुनौतीहो र संसारका सबै देशहरूमा यो समस्या व्याप्त छ।सन् २०१८ मा करिब १० प्रतिशत वा प्रत्येक १० जनामा १ जना व्यक्ति खाद्यअसुरक्षित थिए भने सन् २०१७ मा हरेक ९ जनामा १ जना व्यक्ति कुपोषणबाट ग्रस्त।यो समस्या विकासशील देशहरूमा अझनिकै गम्भीर थियो भने नेपाल पनि यसबाट अछुतो रहने त कुरै भएन।सन् २०१६ मा नेपालमा गरिएको एक राष्ट्रव्यापी सर्वेक्षणअनुसार नेपालमा करिब ५२ प्रतिशत घरपरिवार खाद्य असुरक्षित थिए, जसलाई वर्षभरि खाना पुग्दैनथियो। यस्ता खाद्य असुरक्षित घरपरिवारहरूसहरी क्षेत्रमा भन्दा (४६ प्रतिशत) ग्रामीण भेगमा (६१ प्रतिशत) बढी थिए।कोरोना महामारीले त झन् धेरै चुनौती थपेको छ।
तत्कालका लागि हेर्ने हो भने नेपालमा मात्र नभई संसारका सबै (अन्टार्कटिका महादेशबाहेक) सबै धनीर गरिब (विकसित र विकासशील दुवै) मुलुकहरूमा खाद्यसुरक्षा निकै चुनौतीपूर्ण बनिसकेको छ। समग्रमा खाद्यान्नको मागलाई हेर्नेहो भने अनिश्चिततालाई ख्याल गर्दै खाद्यान्नको अनपेक्षित भण्डारण गर्नेपवृत्तिले गर्दा अत्यधिक माग बढ्न गई खाद्यान्न संकट बढ्दै गएको छ। आपूर्तितिर फर्केर हेर्नेहो भने पनि केही समयलाई पुग्ने सञ्चिति देखिए पनि यो महामारी संसारभर नै एकै पटक फैलिएकाले हरेक सरकारले आफ्नानागरिकको ख्याल गर्दै खाद्यान्न भण्डारण गर्नुपर्ने बाध्यताभएकाले नेपाल जस्तो खाद्यान्न अति आयात गर्नुपर्ने देश (खाद्यान्नको आपूर्ति ५० बिलियन रुपैयाँ र सबै कृषि उत्पादनको आपूर्ति २०० बिलियन रुपैयाँभन्दा बढी) मा यो महामारीको असर निकै धेरै परेको छ।
यो असर देशका सबै घरपरिवारमा परे पनि सहरी क्षेत्रमा निम्न आय भएका, दैनिक मजदूरी गर्ने र काम गर्न अशक्त परिवारमा भने प्रत्यक्षरूपमा निकै प्रभावपारेको देखिन्छ। तर ग्रामीण भेगमा भने निम्न आय भएका र थोरै जग्गा भएका साना तथा सीमान्त वर्गमा पर्ने किसान र अरुको जग्गामा आश्रित र ज्याला मजदूरी गर्ने र काम गर्न अशक्त परिवारमा निकै प्रभाव पार्नेछ। तर यस्तै स्थिति लम्बिरहेमा भने केही महिनामा नै अन्य सबै घरपरिवारमा यसको असर पर्नेछ। आफ्नो उत्पादन पनि नहुने, आयातमा निर्भर रहनुपर्ने र अरु देशको स्थिति पनि अरुदेशलाई सहयोग गर्न नसक्ने कारणले सरकारको ढुकुटीले मात्र कति दिन धान्ला र ?
कृषिप्रधान देशको रटान लगाउने देश कहाँ र कसरी यति परनिर्भर भयो ? महामारीमा आज भाइरसभन्दा भोकमरीको भय किन प्रधान बन्यो ? किसान र कृषिकर्मलाई किन इज्जतै गरेनौँ हामीले ?
हाम्रोदेशमा आधाभन्दा धेरै घरपरिवारले देशभित्र वा बाहिरबाट विप्रेषण प्राप्त गर्छन् र धेरै घरपरिवारको जीविकोपार्जन विप्रेषणले नै धानिरहेको प्रस्ट छ। अहिलेको स्थितिमा धेरै व्यक्ति महामारीकै कारण बेरोजगार भएका छन् र घरमा विप्रेषण पठाउन असमर्थ छन्। तसर्थ सुरुसुुरुका केहीदिन र महिना बाँकी रहेको सञ्चितिले खाद्य संकट टार्न सम्भव भए पनि यस्तै स्थिति लम्बिएमा यो संकट टार्न सम्भव हुँदैन। सामाजिक सुरक्षाको अभावमा यो समस्या अझ जटिल बन्नेछ। त्यसमा पनि हाल घरबाहिर रहेका परिवारका सदस्य बेरोजगार भईघर फर्कंदा पनि खाद्यान्नको माग बढ्ने हुँदा खाद्यसुरक्षाको समस्या अझ थपिने देखिन्छ।
विदेशमा रहेका करिब ६० लाख नागरिकमध्ये केहीप्रतिशत मात्रै देशमा फर्कंदा मात्रपनि खाद्यान्नको माग निकै बढ्ने,घरायसी उत्पादन पनि नहुने र बाहिरबाटपनि आपूर्तिगर्न नसकिने स्थिति रहेमा यो समस्याले झन् विकराल अवस्था ल्याउने कुरामा कुनै शंका छैन।
यो महामारीको प्रकृति र अनिश्चितता, अपेक्षित विश्व आर्थिक मन्दी र धनी एवंविकसित देशहरू नै पनि यो भुमरीमा अझ धेरै फसेको हँुदा आर्थिक, खाद्यान्न वा कुनै पनि अन्य सहयोगको अपेक्षा गर्न नसकिने अवस्थाले अब के हुने हो भन्ने कुरा अनुमान नै लाउन गाह्रो छ।एकातिर महामारीकै कारण आर्थिक मन्दी हुने र अर्कोतिर खाद्यान्न आपूर्ति नहँुदा वा कम हुँदा खाद्यान्नको मूल्य आकाशिएर गरिब तथान्यून क्रयशक्ति भएका परिवारमाखाद्य संकटले अझ निकै नराम्रो असर पार्नेछ। हाम्रो देशमा अहिले नै आधाभन्दा बढी घरपरिवार खाद्यअसुरक्षित भएको अवस्थामा महामारीले झन् कता पुर्याउने हो अनुमान नै गर्न गाह्रो छ।
यो कुरालाई मध्यनजर गर्दै सरकार अहिलेदेखि नै धेरै सचेत हुँदै तयार रहन एकदमै जरुरी छ। त्यसमा पनि खाद्यसुरक्षा जनताको मौलिक हक नै भएकाले पनि सरकार रमिते भएर बस्ने समय कत्तिपनि छैन। खाद्यान्नको उपलब्धता मात्र नभई हरेक व्यक्तिको र विशेष गरी न्यून आयस्रोत भएका घरपरिवारमा खाद्यान्नको पहँुच कसरी गराउने भन्ने कुरामा सरकार निकै गम्भीर, चनाखो र जिम्मेवार रहनुपर्नेछ। त्यस्तै सरकार मात्र नभई हामी हरेक नागरिक पनि यो महामारीसँगको लडाइँ जित्न उत्तिकै जिम्मेवार बन्नुपर्ने छ।
महामारी र खाने बानी
यो महामारीले अनौठो प्रकारले हाम्रो खाने बानीमा प्रभावपारेको छ। साधारण अवस्थामा हाम्रो खुवाइपनि विकसित देशको जस्तै बजारी खाद्यान्न र खानामा भरपर्दै, छानीछानी खाने वा खाना फाल्ने र आफ्नो स्थानीय उत्पादनलाई बेवास्ता गर्दै आयातितखाद्यान्नमा बानी परिसकेका हामी अहिले क्षणिकरूपमा कम खानुपर्छ वा जफतगरी खानुपर्छ भन्ने सोचमा पुगिसकेका छौं। भ्रष्टाचारको आहलमा डुबेका सरकारहरू कत्ति पनि जिम्मेवार नबनी आफ्नै किसानलाई डुबाउँदै आयातित खाद्यान्नको प्रकार र आकार बढाउँदै जाँदा यो समस्या विकराल बनेको छ र अझ धेरै विकराल बन्ने पक्का छ।
हाल महामारीले गाँज्दा गाउँघरमै उत्पादित खाद्यान्न, तरकारी, फलफूल, माछामासुलेछाक टार्ने र जडिबुटी तथा मरमसला जस्तै बेसार, अदुवा, टिम्मुर, ज्वानो आदिले रोगसित लड्ने प्रतिरक्षा प्रणाली बढाउँछ र महामारीसँग लड्न सकिन्छ भनेरयी खानाहरूखोज्दै खान थालिसकेका छौं। अरु त अरु देशबाहिर बसेका नेपालीहरू पनि मरमसला र जडिबटी खोज्दै यो महामारीसँग लड्ने उपाय खोज्दै हिँडेका छाँै। कमसे कम फेरि एकपटक आफ्नो उत्पादन र आफ्नो खाने प्रचलनलाई मान्यतादिनुपर्दोरहेछ भन्ने परेको छ। यस्तो अवस्थामा पुर्याउने यो महामारीलाई धन्यवाद दिनैपर्छ र भविष्यमा पनि यो अवसर नगुमाउन सचेत बनाउने यो सुनौलो अवसर पनि हो। तर मानव जातिले यस्ता अनुभवबाट पाठ सिकेका र नसिकेका र सिकेर पनि बिर्सेका थुप्रै अनुभव हामीसँग ज्यँुदै छन्। उदाहरणका लागि भर्खरैको महाभूकम्प ताजै छ। आशा गरौं अब त्यस्तो नहोस्।
महामारी, खाद्यसुरक्षा र कृषि
यो महामारीसँग लड्न, भिड्न र यसको असरबाट उठेर हिँड्न हामीलाई प्रकृतिले प्रशस्त कुरा दिएकी छिन्। अनेक देनमध्येकृषि एक हो। हिमाल, पहाड र तराईमा वर्षैभरि उत्पादन गर्न सकिने माटो, जैविक विविधता र पसिना बगाउन कत्ति नडराउने मेहनती श्रमिकहरू। जुनसुकै सिजनमा पनि उत्पादन लिन सक्ने हावापानी, सुन फलाउन सकिने गह्राहरूर हिरा फलाउन सकिने भित्ताहरू। खालि अभाव छ त,स्पष्ट भिजन र कमिटमेन्ट। अनि, इमानदारसबल नेतृत्व, देश सुहाउँदो कार्ययोजना र सफलकार्यान्वयन गर्न सक्ने जनशक्ति।
विगतमा कृषिप्रधान देश भनेर चिनिएकार खाद्यान्नमा आत्मनिर्भर भएका हामी कहाँनिर बाटो बिरायौं पत्तै भएन। आफ्नै स्रोतसाधनलाई पहिचान गर्न नसकी तिनैलाई गलहत्याउँदै अहिले आएर अन्डा, मासु, दूध र केही अन्य उत्पादनबाहेक करिब करिब सबै खाद्यान्न आपूर्तिका लागि छिमेकीसँग भर पर्ने भइसकेका छौं। हामी आफ्ना काम गर्न सक्ने र सक्षम जनशक्तिलाई अरुकोमजदुर बनाउँदै बाँकीले कामै नगरी सुकिलामुकिला बन्यौँर बनाउन खोज्यौँ। त्यसैलाई समृद्ध नेपाल र सुखी नेपालीको सपना भन्दै रमाउन थाल्यौं।
सुन फल्ने फाँटहरू र हिरा फल्ने पाखापखेराहरूलाई वृद्ध भइसकेका आमाबुवा र बालबच्चासहितकी गृहिणी र बालबच्चालाई जिम्मा लगाउँदै आफू परदेशको बाटो तय गर्न तम्सियौं। जग्गा या त बाँझो राख्यौं या त बेचेर आफू सहर वा विदेश पस्यौं।
करिब एकतिहाइ अर्थतन्त्रलाई बाहिरबाट पठाएको विप्रेषणसँग घाँटी जोडिदिँदै, त्यही पैसाले बजारी खाद्यान्न किनेर खाँदा गर्व ठान्यौं।आफ्ना किसानलाई सम्मान गर्न जानेनौं। अनि अधिकांश कमाइलाई उत्पादनशील कार्यमा नलगाई वा लगाउन प्रोत्साहन नगरी करिब दुई तिहाइ विप्रेषणत अनुत्पादनशील खर्च जस्तै खानामा, मनोरञ्जनमा र घरघडेरी जोडेरै उडाइदियौं। विकासको नाममा कुलो बग्ने जमिनमा विकास दौड्ने सडक बनाउन थाल्यांैं अनि उत्पादनशील जमिनमा महल फलायौं र अरु महल फलाउने तरखरमा छौं। अनि हरिया र कलिला डाँडाकाँडालाई बिनासोचविचार चिर्दैसमृद्धिको शिखर चुम्ने प्रयास थाल्यौं। हामी व्यक्तिले मात्र नभई देशले नै यसैमा भलो ठान्यो। हामी रमायौं। अहिले महामारीले च्याप्दा यसैलाई सम्झियौं। भोलि महामारी टर्दा फेरि बिर्सनेछौं। अहिले महामारीले घाँटी अठ्याउन खोज्दा पुर्पुरो छामेर मात्र कहाँ हुन्छ र ?
महामारी लाग्दा वा भोकमरी लाग्दा भिड्न सक्ने शक्तिको आधार त हाम्रो कृषि नै होे। हुन त सबै कृषि मात्र हो भन्न खोजेको पनि हैन। त्यसैले फेरि एकपटक गम्भीर भएर कृषिको भविष्यबारेसोचौं। साथै हाम्रो देशको इतिहासमै पहिलो पटक देशमा आर्थिक दृष्टिकोणले सक्रिय र उत्पादनशील जनस्रोत (जनसांख्यिक लाभांश) परनिर्भर जनस्रोतभन्दा बढी भएको अवस्था छ,अहिले। भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधता, जातजातिमा धनी, प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोत र व्यावसायिक कृषि उपजमा विशाल सम्भाव्यता भएकाले उत्पादनशील जनस्रोतको उपयोगिता नै देश विकासका लागि ठूलो अवसर हो। सबै जनशक्ति कृषिमा मात्र निर्भर हुनुपर्छ भन्ने पनि होइन। सानो स्केलको कृषि र जीविकोपार्जनका लागि मात्र कृषिक्षेत्रले उत्पादकत्व कम हुन जान्छ। व्यावसायिक रुपमा सोच्दै कोअपरेटिभ फार्मिङतिर पनि प्रोत्साहन गर्न सकिन्छ। जे भए पनि छोटो समयमा धेरैलाई रोजगारी पनि दिन सकिने र आफ्नै उत्पादनले बाहिरी आयात पनि विस्थापन गर्ने यो महत्वपूर्ण क्षेत्र हो।तर यति गर्दैगर्दा पनि तुरुन्तै भोकमरीको लडाइँ जित्न सजिलो कहाँ छ र ? यो अवधिमा छरछिमेकसँग पनि सम्बन्ध राख्न र आस गर्न त नछोडौं। सरकारको भिजन चाहियो त्यति हो।
अन्त्यमा,
यो महामारी आफैंमा आफूविरुद्धकै लडाइँ हो। एउटा व्यक्तिको लागि यो लडाइँ ऊ र कोरोनाबीचको लडाइँ हो। एउटा घरपरिवारका लागि त्यो घरपरिवारका सदस्य र यो महामारीबीचको लडाइँ हो। एउटा समदायका लागि त्यो समदायका सदस्य र यो महामारीबीचको लडाइँ हो। समग्र एउटा देश र सरकारका लागि देशका जनतालाई बचाउन यो आफैंविरुद्धको लडाइँ हो। अरु कसैको आक्रमण होइन। त्यसैले यो महामारीसँग लड्न र विजय प्राप्त गर्न आफ्नो प्रतिरक्षा प्रणाली जाँच्ने बेला हो। हालसम्म हेर्दा विश्वका धनी, विकसित र सुपरपावर भनिने देशहरू अमेरिका र युरोपका इटली, स्पेन, फ्रान्स, जर्मनी जस्ता देशहरूको कोरोनाविरुद्धको इम्युनिटी कम भएको साबिती भइसकेको छ भने चाइना र साउथ कोरियाले आफू बलियो भएको उदाहरण देखाइसकेका छन्।
नेपाल लगायत दक्षिण एसियाका अरु देशहरूले भने जाँच दिँदैछन्। प्रार्थना छ, यी देशहरूले लडाइँ जितून्। महामारीसँगको लडाइँ लड्दै गर्दा भोकको लडाइँ पनि जित्नैपर्नेछ। नेपाल जस्ता ‘गरिब’ राष्ट्रहरूमा महामारी र भोकमरीको लडाइँ धेरै महँगो पर्ने हुन सक्छ। त्यसैले सरकार र जनताले निकै संयम र बुद्धिमतापूर्वकयो लडाइँलड्नु छ। कुनै कारणवशसरकार वा जनता वा दुवैले यो लडाइँहारेमा हामीले यो लडाइँ हार्नेछौं। हारको मूल्य महँगो पर्नेछ। बेलैमा होस पर्याऔं।
झट्ट हेर्दा जित हासिल गर्न भने त्यति सजिलो देखिँदैन र कडामेहनत नगरी आफैं यो महामारीसँगको लडाइँ निकट भविष्यमै जितिहाल्ने पनि देखिँदैन। कुनै तयारीविनै सुुरु भएको यो लडाइँलाई परास्त गर्न हाम्रासामु थुप्रै चुनौती तेर्सिएका छन्। तर यो लडाइँमा हामी मात्रै एक्लै त छैनौं नि। अरुबाट पनि उपाय सिक्ने प्रशस्त ठाउँ छ।विगतमा यस्ता महामारीसँग भिडेरै जितेरै आएका पनि त हौ नि हामी त। हामीसँग के छैन र ? हामीले के नगरेको हो र ? यो महामारीलाई समस्या हो भन्ने सोचभन्दा माथि उठी हरेक कुनाबाट यसलाई अवसरमा बदलौं। अहिले नै जुटौं। महामारी सकिएपछि गरौंला भनेर काम साचेर नराखौं। त्यो समय पर्खंदै गर्दा धेरै अबेर भइसकेको पो हुनेछ त।
(डा. भण्डारी समाजशास्त्र र जनसंख्याका विद्यार्थी हुन्। हाल उनी अमेरिकाको मिचिगन विश्वविद्यालयमा कृषि, खाद्य, जनसंख्या तथा बसाइँसराइजस्ता विषयमा अनुसन्धानमा संलग्न छन्।)