धर्तीमा लास र सन्‍त्रास कहिलेसम्म ?

धर्तीमा लास र सन्‍त्रास कहिलेसम्म ?

मेरो मन स्तब्ध छ। चारैतिर सन्नाटाबाहेक केही छैन। सायद धर्ती पनि मरेका मान्छेहरूको लास र बाँचेका मान्छेहरूको सन्त्रास देखेर आफैंमा विरक्तिएको हुन सक्छ। लाग्छ, विश्व जगत् पनि यो अवस्था देखेर आक्रान्त छ। मर्नेहरूको शोकमा मौनधारण गरिरहेको छ। यतिबेला हरेक धर्मका देवताहरू धर्तीको यस्तो हालत देखेर तर्सिएका पनि होलान्। उनीहरू पनि पृथ्वीवासीको शोकमा रोएका होलान्। 

मान्छे शोकमा डुबेको छ। मान्छे सन्त्रासले आफ्नै घरभित्र नजरबन्द छ। उसका सारा क्रियाकर्महरू ठप्प छन्। मलाई मनमनै प्रश्न उठिरहेको छ। आफूलाई स्वभावत : स्वतन्त्र ठान्ने मान्छे अहिले के सोच्दै हाला ? उसको मनमा के कुरा खेलिरहेको होला ? यतिबेला मान्छेको मनमा जे कुरा लेखिरहेको भए पनि एउटा सीमित घेरामा थनिएका छन् मान्छेहरू। 

मान्छेहरू सधैंको भागदौडबाट केही समय भए पनि मुक्त भएका छन्। अर्थात् कोरोनाको कहर सकी नसकी भोग्दै छ, यो ब्रम्हाण्ड र मानव जाति। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले कति मानव जीवनलाई मृत्युको मुखमा पुर्‍यायो, कतिलाई जति प्रयास गर्दा पनि मृत्यु दिन सकेन। र, उठेर घर फर्किंदै छन् मान्छेहरू। आज सारा विश्व यो कोरोना कहरबाट आक्रान्त बनेको छ। अनि मानव सभ्यता यसको सामना गर्दै छ। थाहा छैन, यो संघर्षमा कति मान्छेले जीवन प्राप्त गर्ने हुन्। कति मान्छेले मृत्यु प्राप्त गर्ने हुन्। 

मान्छेको घमण्डको पर्दा अलिकति भए पनि च्यातिएको छ। आफूलाई निकै शक्तिशाली भन्ने अहम् पनि भत्किने अवस्थामा पुगेको छ। अहिले देश-विदेश बन्द छ। स्वाभाविक रूपमा देशका नागरिक बन्द छन्। आफ्नै घर-कोठामा बस्नू, सरकारको आदेश छ। बाहिर अत्यावश्यक कामबाहेक ननिस्कनू। हुन पनि हो, यतिखेर लुकेरै, कुना पसेरै युद्ध जित्नुपर्ने छ या युद्ध लड्नु पर्नेछ। बाहिर वा भीडभाडमा निस्केर पनि के गर्नु ? बाहिर ननिस्किनेहरूका लागि त ठिकै छ, उनीहरूले ज्यान जोगाउँछन् तर भित्र बस्न नसक्नेहरूका लागि ? ज्यान जोगाउनुभन्दा भोक, रोग, शोकले ज्यान गलेको छ। सरकारको आदेश उनीहरूका लागि कहर बनिरहेको छ। 

भोकाहरूको गाँस खोसेका यिनीहरूलाई जिन्दगीमा कहिल्यै शान्ति नमिलोस्। योभन्दा पनि बढी के भन्ने र ? यिनको बुद्धि यो संवेदनशील समयमा पनि किन उल्टो चल्यो ?

केही रूपमा भए पनि सरकारी राहत सामग्री पाएर उनीहरूका बालबच्चा रमाएका छन्। यही राहत सामग्रीमा अनियमितता भएका खबर बाहिर आइरहेका छन्। कस्तो नियत मान्छेहरूको ? भोकाहरूको गाँस खोसेका यिनीहरूलाई जिन्दगीमा कहिल्यै शान्ति नमिलोस्। यो भन्दा पनि बढी के भन्ने र ? यिनको बुद्धि यो संवेदनशील समयमा पनि किन उल्टो चल्यो ? यस्ता प्रश्नको जवाफ पनि खोज्ने समय आउला। तर, अहिले समय मौन छ। मानव लास दखेर, भयावह मृत्यु देखेर ऊ आफैं स्तब्ध छ। म त्यही माथि उभिएर कोरोना कहरको मनोदशा लेखिरहेकी छु। 

यतिबेला समय मौन छ। मानव आवाज शून्य छ। कलमजीवी बन्द कोठाभित्र बसेर कलम चलाइरहेका छन्। एक प्रकारले थुनामा छन्। मान्छेहरू स्वाभाविक रूपमा छटपटाएका छन्। अनि सहर छोडेर गाउँ पस्नेहरूको लर्काे लागेको छ। परदशेबाट घरदेश, घर फर्किनेहरूको संख्या पनि ठूलै छ। वर्षाैंसम्म बाआमासित बसेर कुराकानी गर्न नपाएका, आत्मीयता बाँड्न नपाएका छोराछोरी घरगाउँमै छन्। सधैँको व्यस्त दैनिकीबाट फुर्सद भएर आफ्ना आफन्त-परिवारसँग गुजार्दै छन्, अहिले मान्छेहरू समय। 

हिजो सुख खोज्दै सहर पसेकाहरू अहिले आफ्नै घरबारीमा पसिना बगाउनुमै रमाएका छन्। यो सकारात्मक पक्ष देखेर आनन्दको अनुभूति भइरहेको छ। हामीले स्वतन्त्रताको अर्थलाई पनि राम्रोसित बुझेका छैनौँ। हामी हाम्रै मनोग्रन्थि, आफ्नै मात्र खुसी र स्वार्थ हेरेर कुदिरहेका छोँ। त्यो कुदाइले मान्छेलाई कहाँसम्म पुर्‍याउने हो, थाहा छैन। 

केही मित्रहरू प्रश्न गर्नुहुन्छ, तपाईंहरूजस्ता फरक क्षमता भएका मान्छेहरूलाई यो लामो समयसम्मको लकडाउनले कस्तो फरक परेको छ ? उहाँहरू सामान्य अवस्थामा कहिल्यै हाम्रो अवस्थाबारे चासो र चिन्ता लिनुहुन्न। आफैंलाई अप्ठ्यारो परेपछि हामीलाई उत्तेजित पार्ने काम गर्नुहुन्छ। मनमनै सोच्छु, यसो गर्नु कतिसम्म उचित छ ? म उहाँहरूलाई केही उत्तर नदिई खिस्स हाँसिदिन्छु। बस्। 
यतिबेला देशलाई अप्ठ्यारो परेका बेला नानाथरी टीकाटिप्पणी गरेर हिँड्न कुनै नागरिकलाई सुहाउँदैन। यो कुरा खै पहुँचवाला व्यक्तिहरूले बुझेको ? यिनको बुद्धिको बिर्काे अहिले पनि नखुलेको देख्दा मनमनै जलन हुन्छ। यिनको हर्कत देखेर मलाई भित्रभित्रै हाँसो उठेर आउँछ। र हिम्मत पनि। 

बेमौसमी बाजाको रागजस्तो जसलाई सुनेर कुनै कोणबाट मान्छेले आनन्द लिन सक्दैन। यिनको हिम्मत क्षणिक लाग्छ। मलाई वर्तमानले एकदमै कोपरिरहेको छ। कतै वर्तमानले अदृश्य रूपमा तेस्रो विश्वयुद्धको बीज त रोपेर उमारिरहेको छैन ? प्रश्न मनमा पेचिलो बनेर उभिइरहन्छ। वर्तमानको मानव शक्ति सामथ्र्य विभिन्न खालको घातक अस्त्रशस्त्र बनाउने काममा खर्च भइरहेको छ। त्यसको सञ्चय गर्न लागिरहेका छन्, ठूलो मानव समुदाय त्यसका शाखा उपशाखाहरू जम्मै। 

देख्दा लाग्छ, मानवभित्रको त्यो असीमित शक्ति सामथ्र्यलाई मानव सभ्यताको हितका लागि खर्च गरिएको भए एक चरण अगाडि बढ्थ्यो होला। आज यसको दुरुपयोग भएर भविष्यमा तेस्रो विश्वयुद्ध निम्तियो भने त्यहाँ भन्दा क्रूर कर्म अरू केही पनि हुनेछैन, मानव सभ्यताका निम्ति। यो लकडाउनभित्रको आशंका हो, मेरो जुन कहिल्यै नहोस्। समय अहिले जे जसरी गुजारेका छौँ, यो समय सकारात्मक बनोस्। हामीभित्रको ऊर्जा हाम्रै लागि काल नबनोस्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.