बाजुराको बुढिनन्दा नगरपालिकाले थाल्यो घरमै गएर चेकजाँच

बाजुराको बुढिनन्दा नगरपालिकाले थाल्यो घरमै गएर चेकजाँच

बाजुरा : बुढिनन्दा नगरपालिकाले भारतबाट आएर घरमा बसिरहेकालाई घरमै पुगेर चेकजाँच सुरु गरेको छ। भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकालाई घरमै पुगेर कोरोनाका लक्षणबारे  जानकारी दिँदै चेकजाँच सुरु गरेको बुढिनन्दा नगरपालिका सहायक स्वास्थ्य संयोजक ओमजंग शाहीले जानकारी दिए।

तथ्याङ्क संकलनको क्रममा बुढिनन्दा नगरपालिकामा चैत महिना यता ९६ जना भारतबाट र १ जना दक्षिण कोरियाबाट आएको पाइएको छ। बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम गिरीले विदेशबाट आएका सबै होम क्वारेन्टाइनमा रहेको बताए। घरमै स्वास्थ्यकर्मी पठाएर कोरोना भाइरसको लक्षण चेकजाँच सुरु गरेको गिरीले बताए।

गाँउमा गएर कोभिड -१९ को चेकजाँच सँगै संक्रमण रोकथामका बारेमा परामर्श दिने गरेको गिरीले बताए। बुढिनन्दा स्वास्थ्य शाखा, स्थानीय स्वास्थ्य संस्था र फेज नेपाल नामक गैह्र सरकारी संस्थाका स्वास्थ्यकर्मी गाँउ गाँउमा पुगेर स्वास्थ्य चेकजाँच गरिरहेको संयोजक शाहीले बताएका छन्। विदेशबाट मात्र नभई अन्यको पनि चेकजाँच गर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। साथै घर घरमा पुगेर उनीहरुलाई सरसफाइका बारेमा जानकारी दिने गरिएको छ।बुढिनन्दा नगरपालिकाले स्वास्थ्य चेकजाँचसँगै गाँउमा खाद्य संकटको अवस्था पनि जानकारी लिएको छ। विश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला बुढिनन्दा नगरपालिकाले भोकमरीका कारण बाँच्नका लागि राहत प्याकेजका कार्यक्रमहरु ल्याउने तयारी गरेको बुढिनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले जानकारी दिए। 

गाउँ गाउँमा कति मान्छे छन् राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ ? भन्ने कुरामा सबै वडाअध्यक्ष देखि कर्मचारी सबै लागिपरेको नगरप्रमुख गिरीले बताए। यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखिममा रहेकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन नगरपालिकाले पनि भत्ताको व्यवस्थापन गरेको नगरप्रमुख पदम गिरीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.