अछामका एक सय ११ जनाको रिपोर्ट नेगेटिभ
गीता कुँवर
अछाम : अछाममा कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरेका मध्येमा एक सय ११ जनाको रिर्पोट नेगेटिभ आएको छ । अछामबाट बयालपाटा, मंगलसेन र कमलबजारबाट गरी २ सय २६ जनाको स्वाब संकलन गरिएको थियो ।
बयालपाटा अस्पतालबाट मंगलबार संकलन गरिएको ५१ जनाकै रिर्पोट नेगेटिभ आएको डाक्टर विकास गौचनले बताए । मंगलबार मंगलसेन नगरपालिकाबाट संकलन गरिएको १ सय ७ जनामध्ये ६० जनाको रिर्पोट पनि नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अन्यको रिर्पोट आउने क्रम जारी रहेको ढुगानाले बताए । जिल्लामा भारत तथा बाहिरी जिल्लाबाट ४ हजारभन्दा बढी मानिस भित्रिएका थिए ।