लमजुङमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

लमजुङमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बेंसीसहर : लमजुङमा ३० जनाको स्वाब लिइएकोमा सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। चैत १ गते यता विदेशबाट आएकामध्ये स्वाब लिइएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला कमान्ड पोस्टले जनाएको छ।

प्रशासन, स्थानीय तह र स्वास्थ्यकर्मीको सहकार्यमा संक्रमित सम्भावितको खोजी गरी लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याएर स्वाब लिन थालिएको छ। स्वाब लिन स्थानीय तहले निःशुल्क एम्बुलेन्स व्यवस्था गरेका छन्। 

लमजुङमा विदेशबाट २ सय ८० जना आएको रेकर्ड छ। उनीहरुको स्वाब लिएर परीक्षणका लागि पठाउने गरिएको कमान्ड पोस्ट संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए। सुरुमा राष्ट्रिय जनसंख्या प्रयोगशाला कामाठाडौंमा परीक्षणका लागि पठाउने गरिएकोमा पछिल्लो समय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको प्रयोगशालामा स्वाब पठाउने गरिएको छ।

चैत ११ गते एक जना भारतीय नागरिकलाई काठमाडौं रिफर गरिएको थियो। धादिङका कोरोना संक्रमित युवकसँग यूएईबाट आएका ३ जनाको चैत १६ गते स्वाब संकलन गरी राष्ट्रिय जनसंख्या प्रयोगशाला कामाठाडौंमा परीक्षण गरिएको थियो। त्यसयता सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको प्रजिअ खड्काले बताए।

चैत २५ गते मलेसियाबाट आएका १ जना र भारतबाट आएका १ जनासहित ६ जनाको स्वाब पोखरा पठाइएको थियो। २६ गते १५ जनाको पठाइएकोमा २१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको प्रजिअ खड्काले बताए। 

लमजुङमा हालसम्म २ जना आइसोलेसनमा बसेका छन्। १० दिनको समयमा ३० जनाको स्वाब पठाइएको प्रशासनले जनाएको छ। यसअघि ९ जनाको कोरोना भाइरस संक्रमणको जाँच गर्दा सबै जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.