भीडभाड नगरी यसरी बाड्ने कि राहत !

भीडभाड नगरी यसरी बाड्ने कि राहत !

स्याङ्जा : कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका ६२७ परिवारलाई आँधीखोला गाउँपालिकाले राहत उपलब्ध गराएको छ । राहत वितरण गर्दा भीडभाड नगर्ने उदेश्यले निश्चित दूरी कायम गर्दै पालिकाले राहत सामाग्री उपलब्ध गराएको हो । 

गाउँपालिकाभित्रका ६  वटै बडाका श्रमिक, तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले निर्णय गरे बमोजिम खाद्यान्न सामाग्री तयार पारेर खुला ठाउँमा राखेर लक्षित परिवारका एक सदस्यलाई हस्तान्तरण गरेका हुन ।  

साविकका ६ गाविस मिलेर बनेको गाउँपालिकाका १.पंचमूल, २.चिलाउनेवास, ३.बिचारीचौतारा, ४.वाङसिङ, ५.सेतीदोभान र ६.फापरथुमका वडा वडामा पुगेर पहिलो चरणको राहत वितरण गरिएका हुन। 

गाउँपालिकाले २ जनाको एक परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, एक प्याकेट नून, दुइ वटा साबुन, एक किलो चिनी, एक लिटर तेल उपलब्ध गराइएको हो । 
यसैगरी, तीन जनाभन्दा धेरै सदस्य भएका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल उपलब्ध गराएको अध्यक्ष सुधिर पौडेलले जानकारी दिए । 

गाउँपालिकाकोे बैठकको निर्णय अनुसार श्रमिक, मजदूर र अति विपन्न परिवार वडाबाटै छनौटगरी राहत उपलब्ध गराइएको उपाध्यक्ष शर्मिला पौडेलले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.