मुस्ताङका ३ पालिकाले मागे चिकित्सक

मुस्ताङका ३ पालिकाले मागे चिकित्सक

जोमसोम : मुस्ताङका ३ पालिकाले अधिकृत सातौ तहको चिकित्सक उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय मुस्ताङसमक्ष माग गरेका छन् । हाल विश्वव्यापी माहामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकाले अधिकृत सातौ तहको एमबिबिएस उर्तीण चिकित्सकको माग गरेका हुन् ।

मुस्ताङका ५ स्थानीय तहमा हाल ५६ जना स्वास्थ्यकर्मी छन् । उनीहरू सबै अहेब, अनमी र एच हुन् । योग्यता र दक्षताप्राप्त चिकित्सक पालिकामा नभएको उल्लेख गर्दै ३ पालिकाले हाल जोमसोम अस्पतालमा सातौ तहका एमबिबिएस उर्तीण र कार्यरत चिकित्सक संक्रमणकालीन अवधिसम्म खटाइदिन माग गरेका हुन् । योग्यता प्राप्त चिकित्सकको अभावले कोरोना स्वास्थ्य परीक्षण तथा कुनै अप्ठ्यारो पर्दा समस्या आइपर्ने जनाउँदै स्थानीय प्रशासनलाई पत्रमार्फत अनुरोध गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । 

उनले पालिकामा भएका स्वास्थ्यकर्मीले सामान्य जरो नाप्ने काम मात्र भइरहेको र भरपर्दो स्वास्थ्य परीक्षण गराउन सातौ तहका चिकित्सक आवश्यक परेको बताए ।

म्याग्दी र मुस्ताङसँग सिमाना जोडिएको थासाङ गाउँपालिकाले पनि सातौ तहको चिकित्सक माग गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए । उनले जोमसोम अस्पतालमा हाल कार्यरत ४ जना चिकित्सकलाई संक्रमणकालीन अवस्थासम्म पालिकालाई सघाइनु पर्नेमा जोड दिए । थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मात्र सातौ तहका चिकित्सक रहेको र उनी सधैं काममा खटिनुपर्ने भएकाले थप एक चिकित्सक आवश्यक परेको उल्लेख गरे । 

उनले लेते प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियन र एक्सरे टेक्सियनसमेत नभएकाले काम गर्न असहज परेको बताए । यस्तै लोमान्थाङ गाउँपालिकाले पनि जोमसोम अस्पतालका चिकित्सकलाई विभाजन गरी कोरोना संक्रमणकालसम्म खटाइदिन अनुरोध गरेको छ ।

मुस्ताङ सदरमुकाम जोमसोम अस्पतालमा हाल एक स्थायी र ३ जना करारका एमबिबिएस चिकित्सक छन् । मुलुकभर कोरोनाका संभावित त्रास बढेको भए पनि मुस्ताङमा कोरोना परीक्षण गर्ने तथा संम्भावित कोरोनाका बिरामी देखिएका छैनन् । लक डाउनका कारण सामान्य अवस्थाका सेवाग्राही अस्पतालमा नआएको र जिल्लामा कोरोना संक्रमित नभएकाले जिल्ला अस्पतालका चिकित्सक फुर्सदिला छन् । पालिकाले फुर्सदिला अवस्थामा रहेका चिकित्सकलाई केही समयका लागि समायोजन गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेका हुन् । उनीहरूले दुर दराजका स्थानीयलाई भरपर्दो कोरोना स्वास्थ्य परीक्षण गर्न चिकित्सक आवश्यक भएको जनाएका छन् ।

तर ,वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका जोमसोम अस्पतालकै पहुच नजिक रहेकाले उनीहरूले चिकित्सक माग गरेका छैनन्। लोमान्थाङमा ४ जना, लोघेकर दामोदरकुण्डमा ६ जना , वारागुङ मुक्तिक्षेत्रमा ९ जना, घरपझोङमा १२ जना र थासाङ गाउँपालिकामा २५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । पालिकाले लकडाउनअघि विदेश बस्ने नेपाली जिल्ला  भित्रिएकाले भरपर्दो स्वास्थ्य परीक्षण आवश्यक भएको जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले कोरोना संक्रमणकालीन अवस्थासम्म पालिकाले मौखिकरूपमा चिकित्सकको माग गरेको जानकारी दिए । उनले यसबारे अस्पतालसँग मौखिक सहमति भएको र पालिकाले आन्तरिक व्यवस्थापन पूरा गरेपछि चिकित्सक खटाइने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.