गाउँगाउँमा स्वाब संकलन गर्न खटिए स्वास्थ्यकर्मी

गाउँगाउँमा स्वाब संकलन गर्न खटिए स्वास्थ्यकर्मी

गोरखा : गोरखाका विभिन्न गाउँमा विदेशबाट आएकाको स्वाब संकलन कार्य सुरु भएको छ । शनिबार बारपाक सुलीकोट गाउँपालिका र धार्चेको दुई जनाको घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

बारपाक सुलीकोट गाउँपालिका १ र २ मा दुबई, भारत र चितवनबाट आएर होम क्वारेण्टाइनमा बसेकाको स्वाब संकलन गरिएको कार्यालयकी प्रमुख विद्या तामाङले जानकारी दिइन् । स्वाब नमूना संकलनका लागि स्वास्थ्य कार्यालय गोरखाका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताइन्।

त्यस्तै धार्चे गाउँपालिका ३ मा गुल्मीमा नेपाली सेनाले सडक निर्माण गरेको ठाउँमा काम गर्न गएर फर्केका दुई जनाको स्वाब संकलन गरिएको छ । गोरखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीको टोलीले माछाखोलामा पुगेर स्वाब संकलन गरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

यसअघि शहीद लखन गाउँपालिका २ मनकामनामा भारतबाट आएका तीन जनाको घाँटीको स्वाब परीक्षण गरिएको थियो । सोमबार गोरखा नगरपालिकाबाट र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडिटी) को काम सुरु गर्ने कार्यक्रम  रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि गोरखाका आठ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाई परीक्षण गर्दा सबैको नेगेटिभ आएको प्रजिअ पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.