कोरोना आशंका गरिएका तीन जनाको नतिजा नेगेटिभ
दमौली : कोरोना संक्रमण आशंकामा नमूना संकलन गरिएका तीन व्यक्तिको कोरोना परीक्षण नतिजा नेगेटिभ पाइएको छ। शुक्लागण्डकीको बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा उपचाररत एक बालिकासहित व्यास नगरपालिका र म्याग्दी गाउँपालिकाबाट एक-एक नमूना स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
सबै नमूनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले बताए । 'सबै तीन नतिजा नेगेटिभ आएको छ', उनले भने ।