बागलुङ नगरपालिकामा 'फुड बैंक'

बागलुङ नगरपालिकामा 'फुड बैंक'

बागलुङ : कोरोना संकटका कारण रोजीरोटी गुमाएकालाई सहयोग गर्न बागलुङ नगरपालिकामा 'फुड बैंक' स्थापना गरिएको छ ।  देशमा जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा 'फुड बैंक' स्थापना गरेको हो । 

जेसीजले शुरुवातमा ६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर 'फुड बैंक' को स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले बताए । शाक्यका अनुसार, पहिलो चरणमा ५ सय केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २ सय केजी आटा सहयोग गरिएको छ । 'जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्र भएकाले बाहिरबाट आएका श्रमिक मजदुरले नपाएको गुनासो छ,' अध्यक्ष शाक्यले भने, 'कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले 'फुड बैंक' का लागि जेसीजले पहल र सहकार्य गरेको हो ।'

नगरपालिकाको फुडबैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले ३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरीनारायण गौतमले २० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् । 'फुड बैंक' मा विभिन्न व्यक्ति, सामाजिक संघ संस्थाले दिएको खाद्य सामग्री नगरपालिकाको स्टोरमा जम्मा गरेर राखिनेछ । 

'फुड बैंक' बाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । 'हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ,' मेयर पौडेलले भने, 'फुड बैंक' बैंकबाट थप समस्यामा परेका र विशेष गरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौं।' नगरपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि ३० लाखको कोष समेत बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.