राजदूतको एक महिनाको तलब कोरोना कोषमा
काठमाडौं : दक्षिण पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने भएका छन्।
क्वालालम्पुर, म्यानमार, क्यानवरा र बैंककका नेपाली राजदूतले आफ्नो एक महिनावाफतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।
क्वालालम्पुरका उदयराज पाण्डे, म्यानमारका भीमकुमार उदास, क्यानवरा महेशराज दहाल, र बैंककका गणेशप्रसाद ढकालले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका हुन्।