उद्योग वाणिज्य संघका अध्यक्ष साह छुटे
जनकपुरधाम : जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह रिहा भएका छन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साह रिहा भएका हुन् । साह प्रहरी सहायक निरीक्षक र जवानमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेको केही घण्टा नबित्दै रिहा भएका हुन् ।
आइतबार बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जार्दै गर्दा सोधपुछको क्रममा भनाभम भएको थियो । भनाभनपश्चात अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुर र प्रहरी जवानलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।
सुरक्षा सामग्री नलगाई बजारमा निस्किएका अध्यक्ष साहले प्रहरीसँगको सोधपुछमा प्रहरी सहायक निरीक्षक ठाकुर र एक जवानमाथि दुर्व्यवहार गर्दै मोबाइलसमेत फुटाइदिएको प्रहरीको आरोप थियो । घटनापश्चात उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयमा भएको छलफलबाट फुटेको मोबाइलको क्षतिपुर्ति व्यहोर्ने शर्तमा रिहा भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘उहाँहरूले अब आइन्दा यस्तो नहुने भनेपछि र क्षतिपुर्तीमा सम्झौता भएपछि छोडिएको हो ।’