थर्मल गन अभावमा तापक्रम परीक्षण रोकियो
सन्धिखर्क : अर्घाखाँचीमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीनवटै थर्मल गन बिग्रिएपछि तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । थर्मल गन बिग्रिएपछि तीन दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको छ । अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ ।
जिल्लामा रहेका तीनवटै थर्मल गन बिग्रिएपछि थर्मोमिटरले ज्वरो नाप्नु परेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । उनले भने, 'काठमाडौंबाट मगाएका छौं। एक दुई दिनमा आउँदै छ ।' महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रीन नदिन शितगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने कार्य हुँदै आएको थियो ।
सहायता कक्षमा अर्घाखाँची प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्ने गरिन्थ्यो । तर उक्त कार्य तीन दिनदेखि बन्द रहेको सहयाक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।