क्वारेन्टाइनबाट छुट्नेको गुनासो : लक डाउन नियम  कसैलाई काखा, कसैलाई पाखा

क्वारेन्टाइनबाट छुट्नेको गुनासो : लक डाउन नियम  कसैलाई काखा, कसैलाई पाखा

जोमसोम : विश्वव्यापी  माहामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेदेखि मुलुक लक डाउन गर्‍यो । लक डाउनको समयमा अतिआवश्यकीय सेवाबाहेक सबै निकाय ठप्प पार्न सरकारले निर्देशन गर्‍यो ।

सरकारले गरेको पहिलो चरणको लक डाउनको समयमा पोखरादेखि म्याग्दी हुँदै गत चैत्र १६ गते मुस्ताङको घासा आइपुगेका ४ जना उपल्लो मुस्ताङी र अन्य ३ जना रोल्पा र बाग्लुङका मालबाहक ट्रकका चालक र सहचालकलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्यो । लक डाउनका बेला जिल्लामा कोरोना भाइरसको संक्रमण जोखिम फैलिन सक्ने भन्दै उनीहरूलाई त्यहाको क्वारेन्टाइन व्यवस्थापन समितिले १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य निगरानी गरायो ।

मुस्ताङको थासाङ–४ घासा स्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा १४ दिन पट्यारिलो तरिकाले बिताए। घिलिङका स्थानीय टसी गुरुङसहित ७ जनाको टोली क्वारेन्टाइन बसेका थिए । उनीहरूले त्यहाँ क्वारेन्टाइन पामदण्ड पूरा गरी आइतबार बाहिरिएका छन् । क्वारेन्टाइनमा बसेका उनीहरूलाई थासाङ–४ का वडाध्यक्ष विशाल शेरचनको उपस्थितिमा एक बिदाइ कार्यक्रम गरी जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका ल्याब असिस्टेन अमित बस्यालले कोरोना नभएको निरोगिताको प्रमाणपत्र हस्तान्तर गरे ।

मुस्ताङको घासा क्वारेन्टाइनमा १४ दिन बिताएका घिलिङका स्थानीय टसी गुरुङले लक डाउनमा जिल्ला आउजाउ गर्ने सबैलाई समान नियम लागु नभएको दुखेसो सुनाए । उनले भने, ‘हामीलाई कोरोना संक्रमण छैन भन्नेमा ढुक्क थियौँ । सरकार निर्णय र सरोकारवालाको आग्रहलाई स्वीकार गर्‍यौं । तर ठूलाबडा व्यक्तिलाई लक डाउनले छेकेन ।’ उनले आफू बसेको क्वारेन्टाइन अगाडिको बाटो सवारी आउजाउ गर्ने क्रमले हामीलाई खिन्न बनाएको बताए । 

आफूहरू क्वारेन्टाइनमा बस्दा कुनै पछुतो नभएको र यहाँको स्वास्थ्य परीक्षणले निर्धक्क घर फर्किने वातावरण बनेको उनले जानकारी दिए । क्वारेन्टाइनमा बस्दा खाना र बस्नको राम्रो सुविधा र नियमित स्वास्थ्य परीक्षण भएको बताए । तर क्वारेन्टाइनमा बस्दा इन्टरनेट र श्रब्यदृष्य हेर्ने सुविधा नहुँदा दिन काट्न गाह्रो परेको गुरुङले सुनाए ।

क्वारेन्टाइनमा बस्ने ७ जनाको रिपोर्ट नेगेटिभ
 
मुस्ताङको थासाङ–४ घासा क्वारेन्टाइनमा १४ दिन बिताएका व्यक्तिहरूको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–३ बस्ने ४ जना र बाग्लुङ र रोल्पा बस्ने ३ जना ट्रकका चालक र सहचालकको शनिबार द्रुत परीक्षण ( र्‍यापिड डाईगोनोस्टिक टेष्ट ) गरिएको थियो । 

कोरोना परीक्षण गर्ने यन्त्र किटको सहयोगमा गरिएको र्‍यापिड टेष्ट गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको ल्याब असिस्टेन  अमित बस्यालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले हिमाली जिल्ला मुस्ताङलाई पनि हालै केही थान आरबिटि कोरोना परीक्षण किट पठाएको जिल्ला स्वास्थ्य प्रमुख टिकारामले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.