अन्‍नपूर्ण समाचार प्रभाव : थिपुचौरका हलिया परिवारलाई राहत उपलब्ध

अन्‍नपूर्ण समाचार प्रभाव : थिपुचौरका हलिया परिवारलाई राहत उपलब्ध

बाजुरा : बुढीनन्दा नगरपालिका- १ का हलिया परिवारलाई राहत उपलब्ध भएको छ। लकडाउनका कारण चुलो बल्न छोडेपछि ललितपूर निवासी भ्याली कन्स्ट्रक्सनका संचालक रविन्द्र महर्जनले खाद्यान्न सहयोग गरेका हुन्।

हलिया परिवारलाई छाक टार्नै समस्या शीर्षकको समाचार अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित भएपछि भ्याली कन्टक्सनका संचालक रविन्द्र महर्जनले खाद्यान्न राहत सहयोग गरेका हुन्।  उनले प्रति परिवार ३० किलो चामल ,५ किलो दाल, २ पोका नुन, २ चक्‍की साबुन र एक किलो चिनी गरी २१ हजार बराबरको खाद्यान्न राहत सहयोग गरेका हुन् । यो विश्‍व नै महामारीले आक्रान्त भइरहेको समयमा सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको मर्हजनले बताए । उनले भने, 'महामारी न्यूनीकरण गर्न सरकारलाई सहयोग पुर्‍याउन सबै नागरिकको दायित्वअनुरुप सहयोग गरेको हुँ।'

राहत वितरण बुढिनन्दा नगरपालिकाका मेयर पदम गिरीको रोहोवरमा वितरण गरिको हो।  राहत पछि हलिया परिवारले अन्नपूर्ण पोस्ट्लाई धन्यवाद दिए। हलिया परिवारले भने, 'लकडाउनले चुलो बल्न छोडिसकेको थियो,सहयोग गर्ने रविन्द्र महर्जनलाई हृदयदेखि धन्यावाद।'

भ्याली कन्स्ट्रक्सनका अध्यक्ष महर्जनले कोरोना रोकथामको लागि ललितपूरका विभिन्न बस्तीमा असाय गरिब ज्यालादारी गरी ५२ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन्। ललितपूर महानगरपालिकालाई २५ थान र विभिन्न वडालाई २० थान पीपीई सेट सहयोग गरेका थिए। आइतबार पाटन अस्पताल र सुक्रराज सास्त्री अस्पताललाई  ८ थान पीपीई र  ८ थान मास्क सहयोग गरेको महर्जनले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.