दोलखामा ३ सय थान र्‍यापिड टेष्ट कीट

दोलखामा ३ सय थान र्‍यापिड टेष्ट कीट

दोलखा : कोरोना भाइरस संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएका र विदेशबाट आएकाहरूमा संक्रमणको अवस्था जाँच गर्ने ३०० सय थान र्‍यापिड टेष्ट कीट जिल्ला आइपुगेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको ३०० थान र्‍यापिड टेष्ट कीट जिल्ला आइपुगेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । 

समितिको बैठक बसेर ती कीट आवश्यकताका आधारमा स्थानीय तहलाई वितरण गरिने सूचना अधिकारी झाले जनाए । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकामध्ये १४ देखि २१ दिन पुगेकाको रगतको नमूना संकलन गरी संक्रमणको अवस्था जाँच गर्नको लागि र्‍यापिड टेष्ट कीट प्रयोग हुने गरेको सूचना अधिकारी झाले जानकारी दिए । टेष्टको रिपोर्ट पोजेटिभ आयो भने उपचारको लागि सम्वन्धित अस्पतालनमा पठाइने उनको भनाइ छ ।
    

दुई नगरपालिका सहित ९ स्थानीय तहमा लकडाउनपछि करिब ७ सय मानिस भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिए पनि र्‍यापिड टेष्टको लागि ३ सय थान मात्र कीट प्राप्त भएको छ । विदेशबाट भित्रिएकाको तथ्याङ्क संकलन गरिएका स्थानीय तहहरूलाई बढी मात्रामा प्राथमिकता दिइने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.