लकडाउनमा सीमा निगरानी (फोटोफिचर)

लकडाउनमा सीमा निगरानी (फोटोफिचर)

भैरहवा : भारतमा कोरोना संक्रमण बढ्दै गएपछि यहाँको सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।भारतसँग जोडिएको रुपन्देहीको सीमामाबाट आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै स्थायी रुपमा सशस्त्र प्रहरी खटाएर २४ घण्टा निगरानी थालिएको छ । आवतजावत हुने सबै नाकादेखि लिएर आउन सक्ने झाडी खोल्सासम्म सबैतिर सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यसको अलवा नेपाल प्रहरीले पनि सीमामा निगरानी गर्नुका साथै आसपासका क्षेत्रहरुमा लकडाउनमा कडाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले भारतसँग जोडिएको ६० किलोमिटर सीमामा जनशक्ति खटाएर निगरानी भइरहेको बताए ।

उनका अनुसार रुपन्देहीको पश्चिमतर्फ कोठी नदीदेखि पूर्वतर्फको बरवा खोलासम्म भारतसँग जोडिएको सीमामा सशस्त्र प्रहरीका जवान खटिएका छन् । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

सीमामा ५२ वटा स्थायी प्वाइन्ट राखेर सीमाको निगरानी भइरहेको एसपी पोखरेलले बताए । यस अघि ५ वटा युनिट रहेको सीमामा १० वटा युनिट थप गरिएको छ । जवानहरु सीमामा खटिएसँगै सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीह भने दिनहुँ सीमाको अवस्थाबारे बुझ्न सीमा क्षेत्रको अनुगमन गर्ने गरेका छन् ।

सीमा सुरक्षाका लागि पाल टाँगेर खटिएका सशस्त्र प्रहरीलाई भने उचित व्यवस्थापन छैन । सीमा फोहोर रहेकोले मच्छरको बिगबिगी छ । डेंगु संक्रमणको समेत जोखिम रहेको बेला उनीहरु दिनरात सीमामा मच्छरका बीच खटिएका छन् ।

'जति मच्छर लागेपनि सीमाको सुरक्षा गर्ने हाम्रो दायित्व भएकोले खट्नु पर्र्यो,' नाम उल्लेख नगरिदिन आग्रहमा एक जवानले भने, 'हामी कसरी खटेका छौँ, त्यो पीडा हामी बाहेक अरुले कहाँ बुझ्न सक्छन् र ?'

भारतसँग रुपन्देहीको ७ वटा स्थानीय तहका सीमा जोडिएका छन् । तर, सीमा सुरक्षाका लागि खटेका सुरक्षाकर्मीहरुको उचित व्यवस्थापनको लागि भने उनीहरुले कुनै सहयोग गरेका छैनन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.