लकडाउनमा तस्कर सक्रिय

लकडाउनमा तस्कर सक्रिय

महेन्द्रनगर : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकुभर लकडाउन गरेसंगै बन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ ।

गत साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र सालका रुख काट्ने एक सय १३ जनालाई नियन्त्रणमा लिएको थियो । शुक्रबार अवैध रुपमा निकुञ्जभित्र प्रवेश गरी सालको रुख काट्ने चार जनालाई निकुञ्ज संरक्षणमा खटिएको सेनाको टोलीले नियन्त्रणमा लियो ।
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ईंटाभट्टामा धानको भुषभित्र लुकाएर राखेको अवस्थामा चार सय २३ स्वायर फिट काठ निकुञ्ज सुरक्षार्थ खटिएको देवीदल गण मझगाँउ व्यारेकको टोलीले बरामद गरेको छ । त्यसै गरी निकुञ्जभित्र विभिन्न ठाउँमा वन्यजन्तुका लागि धराप र पासोसमेत थापेको देवीदल गण मझगाँउ व्यारेकले जनाएको छ ।

'महामारीले आक्रान्त भएका बेला मानिसहरु गैरकानुनी रुपमा निकुञ्ज प्रवेश गरी काठ तस्कर गरिरहेको पाइयो ', देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले भने, 'लकडाउन बेला चोरी, तस्करी शिकार गर्ने गिरोह सक्रिय भएको छ र निकुञ्ज सुरक्षार्थ खटिएको सेना चनाखो छ ।'

उनले हाल देखिएका चुनौतीलाई मध्यनजर गर्दै निकुञ्जभित्र र बाहिर मध्यवर्ती क्षेत्रमा समेत सेनाले आफ्नो सुरक्षा सर्तकता बढाएको जानकारी दिए। लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैध रूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्यहरू बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

त्यस्तै डिभिजन वन कार्यालय कञ्चनपुरले पनि लकडाउनको अवधिमा काठ तस्कर गर्ने गिरोह सक्रिय भएको जनाएको छ । गत साता डिभिजन वन कार्यालयले पूर्नवास नगरपालिकाको जनजागरण सामुदायिक वनबाट ३६ क्वीफिट काठ बरामद गरेको थियो । त्यस्तै लालझाडी गाउँपालीकाबाट अवैध रुपमा काठ तस्कर गर्ने  मोटरसाइकल सहति दुई जनालाई नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । 

'लकडाउनको मौका छोरी तस्कर सक्रिय भएपछि वन जोगाउन थप चुनौती थपिएको छ',  डिभिजन वन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी शिवराज अवस्थीले भने, 'तस्करहरु सक्रिय भएपछि वन कर्मचारीले प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत गस्ती गरिरहेको छ ।'
बन्दको बेला काठ तस्कर हुन थालेपछि डिभिजन वन कार्यालय निगरानी बढाएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.