४ सय ७१ जना भित्रिए मकवानपुर

४ सय ७१ जना भित्रिए मकवानपुर

शुभलक्ष्मी विश्वकर्मा । हेटौंडा : पछिल्लोपटक भारतलगायत विभिन्न मुलुकबाट चार सय ७१ जना मकवानपुर भित्रिएको पाइएको छ । विदेशबाट फर्किएका सबैको पहिचान गरेर घरमै रहे पनि उनीहरुलाई कोरोना भाइरसको चेकजाँच भने गरिएको छैन ।

जसमध्ये सरकारले निर्माण गरेको क्वारेन्टाइनमा एकजना छन् भने चार सय ७० जना होम क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले हेटौंडाको कर्रास्थित विद्यालय भवनमा निर्माण गरेको आइसोलेसनमा तीनजना छन् । आइसोलेसनमा बस्नेलाई पाँच समय खाना, खाजा र नेटको सुविधा उपलब्ध गराउनुका साथै व्यक्तिगत सरसफाईका साधन सुविधास्वरुप दिइएको बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म मकवानपुरका २५ जनाको स्वाब परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य पाँचजनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन गरेसँगै स्थानीय तहमा बाहिरबाट आउनेको लगत संकलन सुरु गरिएको थियो । जिल्लाका सबै स्थानीय तहमा गरी ४ सय ७१ जना विदेशबाट आउनेको पहिचान भएको पाइएको छ । पहिचान भएकालाई स्थानीय सरकारका वडाध्यक्ष, प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिले सेल्फ क्वारेन्टाइन र स्थानीय सरकारले तयार पारेका क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् ।

यस क्रममा एकजना मात्र सरकारले तयार पारेको क्वारेन्टाइनमा बस्न तयार भएका हुन् । अन्य ४७० जना भने घरमै सुरक्षित तरिकाले बसेको स्थानीय जनप्रतिनिधिले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.