क्वारेन्टाइन र आइसोलेसन सबै खाली

क्वारेन्टाइन र आइसोलेसन सबै खाली

नुवाकोट : सरकारले कोरोना महामारीको रोकथामका लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि नुवाकोटमा विदेशबाट आएका ४ सय ५२ जनाको पहिचान भएको छ ।

विभिन्न स्थानमा खडा गरिएका सरकारी क्वारेन्टाइनमा एक महिलासहित १४ जना बसिरहेका छन् भने तीन सय ३० जना होम क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विदेशवाट आएकामध्ये अधिकांशको १५ दिन समय कटेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले वताए ।

त्रिशूली र खरानीटारका क्वारेन्टाइनमा मात्र मानिस रहेको काफ्लेले बताए । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १०, खरानीटार स्वास्थ्य केन्द्रमा ६ र ककनी स्वास्थ्य केन्द्रमा २ वटा आइसोलेसन निर्माण गरिए पनि सबै रित्तै छन् । तीन साताको अवधिमा नुवाकोटवाट दुई जनाको स्वाब र एक जनालाई काठमाडौं नै पठाएर परीक्षण गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कोरोनाको लक्षण देखिएको कोही पनि बिरामी पाँच दिनदेखि अस्पतालमा पुगेका छैनन् ।

नुवाकोटका १२ स्थानीय तहमा क्वारेन्टाइनका लागि दुई साता अगाडि नै दुई सय ७९ वटा शैया तयार पारिएका थिए । ११ वटा क्वारेन्टाइन स्थल विद्यालयमा छन् । तिनमा एक सय ४ शैया राखिएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार सबैभन्दा धेरै बेलकोटगढी नगरपालिकाले ७३ शैया तयार पारेको छ ।

त्यहाँ चार विद्यालयमा क्वारेन्टाइन राखिए पनि हालसम्म कोही बस्नुपरेको छैन ।

प्रशासनका अनुसार विदुर नगरपालिकामा ४४ शैयाका क्वारेन्टाइन छन् । शैक्षिक तालिम केन्द्र भवन त्रिशूलीस्थित क्वारेन्टाइनमा १३ जना क्वारेन्टाइनमा बसेका छन् । दक्षिणी भेगमा रहेको तारकेश्वर गाउँपालिकाले क्वारेन्टाइनका लागि १९ शैया तयार राखेको छ । त्यहाँ एउटा क्वारेन्टाइन विद्यालयमा छ भने अरू स्वास्थ्य संस्थामा छ । उक्त गाउँपालिकामा भारतबाट फर्किएका एक सय ५५ जना होम क्वारेन्टाइनमा छन् ।

तारकेश्वरका एकजना शंकास्पद युवकलाई गतसाता त्रिशूली अस्पतालको आइसोलेसन पठाइएकोमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । नुवाकोटबाट बाहिरबाट भित्रिएका र संक्रमणको आशंका भएका अधिकांशको चाहना घरमै बस्ने रहेकोमा उनीहरुले १५ दिन बिताइसकेका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले त्रिशूलीस्थित तालिम केन्द्रको क्वारेन्टाइनमा पतिपत्नीसहित १३ जना बसिरहेको बताए । महिलाका लागि छुट्याइएको त्रिशूली क्लिनिक जनसेवा अस्पतालको क्वारेन्टाइन पनि रित्तै छ । फागुन ३० देखि लकडाउनसम्ममा जिल्लामा ४ सय ५२ जना भित्रिएको नुवाकोट प्रहरीसँग तथ्यांक छ । ‘क्वारेन्टाइनमा नबसे पनि कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न स्वास्थ्यकर्मीसहित ८८ वटै वडामार्फत निगरानी गरेका छौं’, प्रजिअ पोखरेलले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.