विश्व कोरोना मुक्तिका लागि पशुपतिमा विशेष पूजा

विश्व कोरोना मुक्तिका लागि पशुपतिमा विशेष पूजा

काठमाडौं : विश्वका सबै देश कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मुक्त होस् भन्ने कामना गर्दै पशुपतिनाथ मन्दिरमा सोमबार विशेष पूजा गरिएको छ । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

कोषका कोषाध्यक्ष डा. थापाले व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाएको बताए । उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको उनको भनाइ छ । उनले अन्नपूर्णसँग भने, ‘विश्वमा कोरोना लागेर निधन भएका मानिसको चीर शान्तिको कामना गर्दै कोरोना संक्रमित सबैको स्वास्थ्य लाभका लागि यो विशेष पूजा गरिएको हो ।’

नेपालमा कोरोना संक्रमणले कसैको निधन नहोस् र नयाँ वर्षको अवसरमा सबै नेपालीको सुस्वास्थ्यसहित चारवटा कामनाका साथ विशेष पूजा गरिएको डा. थापाको भनाइ छ ।  

 
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा एक लाख १४ हजार दुई सय ५७ को निधन भइसकेको छ भने १८ लाख ५३ हजार पाँच सय पाँच संक्रमित छन् । संक्रमितमध्ये चार लाख २३ हजार सात सय २८ निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.