हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बाजुरा : बाजुराको स्वामिकार्तिक गाउँपालिकाको साप्पाटाबाट जीवन मरणको दोसाँधमा रहेकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।स्वामिकार्तिक गाउँपालिका १ साप्पाटा बस्ने ३५ वर्ष‍ीया सुपारी विकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए।

सोमबार बिहानै उद्धार गरिएको गाउँपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले बताए। सुत्केरीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । आइतबार बिहान ४ बजे घरमै बच्चा जन्माएकी सुपारीको सालनाल आएको छैन। उनको पेटमा अर्को बच्चा हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

साप्पाटा स्वास्थ्यचौकी इन्चार्ज बिर्ज विकले भने उनको अवस्था निकै जटिल रहेको बताए । उनको सालनाला पेटमै अड्किएको छ, अर्को बच्चा पनि हुन सक्ने बिकले बताए । स्वामिकार्तिक गाउँपालिकामा अल्ट्रासाउन्डको सुविधा छैन।उनले मृत शिशुलाई जन्म दिएकी थिइन।उनका श्रीमान भारतमा  छन् । उनी पनि लकडाउनले अलपत्र रहेको आफन्तले बताएका छन्।

स्वामिकार्तिक गाउँपालिका १ मुक्तिकोट बाजुराको दुर्गम गाउँ हो।यो गाउँ पुग्न सदरमुकाम मार्तडीबाट तीन दिन पैदल लाग्छ। यो आर्थिक वर्षमा मात्र बाजुरामा अत्याधिक रक्तस्रावका कारणले पाँचजना सुत्केरीको मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.