गोरखा नगरपालिकाका २८ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'
गोरखा : गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्ये २८ जनाको आरडिटी किटमार्फत परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा गरी २८ जनाको आरडिटी किटमार्फत कोरोना भाइरसको परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । परीक्षण गरिएकामध्ये सबैजनामा कोरोना भाइरस नभेटिएको कार्यालय प्रमुख विद्या तामाङले जानकारी दिइन् ।
'गोरखा नगरपालिकामा विदेशबाट आउनेको संख्या ४३ पुगेको छ। त्यसमध्ये गोरखा अस्पतालमा ९ जनाको आरडिटी किटमार्फत परीक्षण गरिएको हो, 'तामाङले भनिन्, 'तारानगर स्वास्थ्यचौकीमा 9जनाको र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा १० को आरडिटी परीक्षण गरिएको छ ।'
बाँकी रहेकाको अर्को दिन परीक्षण गरिने उनले बताइन् ।चैत लागेपछि गोरखा नगरपालिका भित्रिएका सबैजना शंकास्पद परीक्षण गर्ने सूचना गरेपनि १५ जना अनुपस्थित भएकाले उनीहरुको अर्को दिन परीक्षण गर्ने तामाङले जानकारी दिइन् । अन्य गाउँपालिकामा भने मंगलबारदेखि टोली गएर परीक्षण गर्ने कार्यक्रम रहेको तामाङको भनाइ छ ।