कोरोना द्रुत परीक्षणको टोली खटियो, ३८ जनाको नेगेटिभ

कोरोना द्रुत परीक्षणको टोली खटियो, ३८ जनाको नेगेटिभ

राजविराज : सप्तरीमा पहिलो पटक र्‍यापिड डाइग्नोस्टिक किटमार्फत गरिएको ३८ जनाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जना, कञ्चनरुप नगरपालिकामा १६ जना र राजविराज नगरपालिकामा चार जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

    
चार वटा टोली बनाइ सोमबारदेखि विभिन्न क्वारेन्टाइनमा परीक्षणका लागि आठ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । हाल सप्तरीको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित दुई सय २० जना छन् । यो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका दुई सय ३८ जनाको समेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।  
    
निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिहरुको परीक्षण गरिने छ । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरूलाई थप सात दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षणपश्चात घर पठाइने छ । परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा बिरामीलाई आइसोलेशनमा राखी पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँज्न धरान पठाइने छ ।
    
सरकारले ‘र्‍यापिड टेस्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै आइतबार सप्तरीलाई आठ सय ६० किट उपलब्ध गराएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई एक सय ६०, स्वास्थ्य कार्यालय सप्तरीलाई ६ सय र कञ्चनरुप स्वास्थ्य चौकीलाई एक सय थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । किट उपलब्ध हुना साथ परीक्षण सुरु गरिएको जनाउँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताए । 
    
अस्पतालका प्रमुख मेसु डा. दासले क्वारेन्टाइनहरूमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर यो विधिबाट परीक्षण सुरु भएपछि रिपोर्ट छिटो आइ उपचार सहज हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.