एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न तथा पोषण सहयोग

एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न तथा पोषण सहयोग

भक्तपुर : राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुईमहिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण वितरण गर्ने भएको छ । जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई उक्त राहत वितरण गरिने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।

उनका अनुसार राहतमा ती बालबालिकालाई प्रतिमहिना आठ किलो चामल, एक किलो दाल, एक किलो गेडागुडी, १० वटा अन्डा, एक किलो गहुँको पीठो, एककिलो चिनी, दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर वितरण गरिनेछ । उक्त राहतसँगै यातायात खर्चवापत ८० रुपैयाँसमेत प्रदान गरिने उनको भनाइ थियो ।

'कोरोना भाइरस संक्रमणका दृष्टिले एचआईभी संक्रमित बालबालिका बढी जोखिममा छन्,' अध्यक्ष दिदियाले भने, 'तर उनीहरु सरकारी राहतभन्दा बाहिर रहेकाले एनएपीएनले पहल गरेको हो ।'

उनका अनुसार एचआईभी संक्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिकासरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ । अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका संक्रमितहरुलाई मात्रै खाद्यान्न तथा पोषण उपलब्ध गराइने अध्यक्ष दिदियाले स्पष्ट पारे । उनका अनुसार देशभर रहेका एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन् ।

दुई महिना दिइने उक्त राहतको लागि नेपालस्थित सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको उनले जानकारी दिए । एनएपीएनका अनुसार नेपालमा १६ वर्षमुनिका एकहजार तीनसय ४५ जना बालबालिका एचआईभी संक्रमित रहेका छन् । जसमा सात सय ३० बालक र ६ सय १५ बालिका रहेका छन् । उनीहरुमा पनि एक अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय पचास रहेको अध्यक्ष दिदियाले जानकारी दिए । उनका अनुसार एकसय ९१ बालबालिकाका दुवै अभिभावक छैनन् ।

एनएपीएनको तथ्यांकअनुसार सुदूर पश्चिममा सबैभन्दा बढी एचआईभी संक्रमित बालबालिका रहेका छन् । संस्थाको २०२० जनवरीसम्मको तथ्यांकअनुसार सुदूर पश्चिममा तीनसय दस बालबालिका एचआईभी संक्रमित छन् । त्यस्तै प्रदेश ५ मा दुई सय ९२, बागमती प्रदेशमा दुई सय ७४, प्रदेश २ मा एकसय ७२, गण्डकी प्रदेशमा एकसय ४८, प्रदेश १ मा ९७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना एचआईभी संक्रमित बालबालिका छन् ।

सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।एनएपीएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआईभी संक्रमितको हातहातमा एआरभी औषधि पु¥याउँदै आएको छ ।
अध्यक्ष दिदियाका अनुसार ७६ जिल्लामा रहेको संस्थाको सञ्जालले औषधि अभाव भएका एक हजार दुईसयभन्दा बढी संक्रमितलाई हातहातमा एआरभी औषधि पुर्‍याइएको हो ।

नेपालमा ३२ हजार सात सय ३५ जना एचआईभी एड्स संक्रमित रहेको अनुमान गरिएको छ । जसमा पुरुष २० हजार दुई सय ९४ र महिला १२ हजार पाँच सय ६१ जना रहेका छन् ।
एचआईभी संक्रमित बालबालिका
क्र.सं    प्रदेश    बालक    बालिका    जम्मा
१    १    ५६    ४१    ९७
२    २    ९९    ७३    १७२
३    बागमती    १३४    १४०    २७४
४    गण्डकी    ७१    ७७    १४८
५    ५    १७७    ११५    २९२
६    कर्णाली    २९    २३    ५२
७    सुदूर पश्चिम    १६४    १४६    ३१०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.