जनकपुरमा लकडाउन प्रभाव, घरभित्रै 'जुरशीतल' मनाइँदै

जनकपुरमा लकडाउन प्रभाव, घरभित्रै 'जुरशीतल' मनाइँदै

जनकपुरधाम : गर्मीको सुरुवातसँगै शीतलताको कामना गरी मिथिलामा मनाइने जुरशीतल पर्व यस वर्ष लकडाउनले गर्दा घर भित्रै मनाइएको छ । पूजाघरमा एक रात अगाडि माटोको भाँडोमा राखिएको चिसो पानीले एकाबिहानै परिवारका जेष्ठ सदस्यले आफूभन्दा कान्छाहरुको टाउकोमा छ्याप्ने गर्छन्। सो पानी घरमा, रुख, बिरुवामा पनि हाल्ने गरिन्छ । यसो गर्नाले वर्षभरी मानिस, जीवजन्तु, पशुपन्छी र रुखबिरुवालाई शीतलता प्रदान हुने मान्यता रहेको छ । 

यो शीतलता सूर्यको तापविरुद्धमा पनि हुन्छ । नयाँ वर्ष अर्थात् वैशाखको आगमनसँगै सूर्यको तापमा वृद्धि हुँदै गएर मानव र अन्य जीवजन्तुसहित रुखबिरुवाको लागि समेत हानीकारक हुने हुँदा यस पर्वमा जीवजन्तु, रुखबिरुवा सबैमा पानी हाली शीतलताको कामना गरिन्छ । 

यस पर्वमा बाँसी भात र बेसनले बनाइएको विशेष परिकारलाई केराको पातमा राखी घरका ढोकामा राख्ने र सोही खाना दिनमा खाने परम्परा पनि छ । यस दिन चुल्हो पनि नबाली घरमा शीतल हुने बन्दोबस्त गरिन्छ । माटोको भाँडामा पानी, सरवामा चनाको सात्तु तथा आँपको टिकोला हालेर एकअर्कालाई उपहार स्वरुप दिने गरिन्छ । 

होलीको दिन एकअर्कालाई रंग अबिर छ्यापिए झैं जुरशीतलका दिन हिलो माटो छ्याप्ने चलन छ । अन्य वर्षमा गाउँघर र सहरमा पनि व्यापक रुपमा हिलो माटो खेलिने गर्थ्यो तर, यस वर्ष कोरोना भाइरसबाट जोगिनका लागि यो पर्व घरमै मनाइएको छ । 

प्रत्येक वर्ष जनकपुरको गंगासागर पोखरीको डिलमा हिलोमाटो खेल्ने गरेका प्रदेशसभा सदस्य तथा सरसफाई अभियन्ता रामअशिष यादवले यस वर्ष घरमै यो पर्व मनाएको बताए । 'पर्व मानव जातीको संरक्षण र दीर्घायुको कामनाका साथ मनाइन्छ र यस वर्ष कोरोनाबाट जोगिन सामाजिक दूरीको सिद्धान्त हामी सबैले मान्नुपर्छ, यादवले भन्छन्, 'यसवर्ष घरमै पर्व मनाउन सबैलाई आह्वान गर्छु।'
 
गर्मीमा दादुरा र छालाजन्य  रोगको प्रकोप बढ्ने हुनाले शुद्ध माटोको प्रयोग गर्दा शरीर सफा हुनुका साथै शीतलता समेत प्राप्त हुने हुँदा मिथिलामा जुडशीतलको अवसरमा हिलोमाटो खेलिन्छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.