लमजुङका स्थानीय तहमा र्‍यापिड टेस्ट सुरु

लमजुङका स्थानीय तहमा र्‍यापिड टेस्ट सुरु

बेंसीसहर : लमजुङका सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) सुरु गरिएको छ । जिल्लास्थित कमाण्ड पोस्टका अनुसार सोमबारसम्म १ सय ८ जनाको परीक्षण गरिएको छ । प्रशासनका अनुसार आइतबार ६६ र सोमबार ४२ जनाको परीक्षण गरिएको हो ।

परीक्षण गरिएकामा ९१ पुरुष र १७ जना महिला रहेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले मस्र्याङ्दी गाउँपालिकामा २१ पुरुष र ६ महिला गरी २७ जनाको परीक्षण गरिको बताए ।

बेंसीसहर नगरपालिकामा १० पुरुष र दुई महिला गरी १२ जना, मध्यनेपाल नगरपालिकामा १० पुरुष र दुई महिला गरी १२ जना, राइनास नगरपालिकामा ११ पुरुष र चार महिला गरी १५ जनाको र्‍यापिड परीक्षण गरिएको छ । सुन्दरबजार नगरपालिकामा १३ जना पुरुष, दोर्दी गाउापालिकामा ६ पुरुष र एक महिला गरी सात जनाको परीक्षण गरिएको छ । दूधपोखरी गाउापालिकामा १४ पुरुष एक महिला गरी १५ जना र क्व्होलासोंथर गाउापालिकामा ६ जना पुरुष र १ महिलाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले परीक्षण गरिएका १ सउ ८ जनाकै रिपोर्ट शंकास्पद नदेखिएको बताए । चैत १ गतेदेखि जिल्लामा विदेशबाट आएका स्थानीय तथा भारतीयको टेस्ट गरिएको छ । चैत १ गते यता जिल्लामा २ सय ८० जना विदेशबाट आएका थिए । उनीहरुको खोजी खोजी टेष्ट गरिने भएको छ । लमजुङमा र्‍यापिड टेस्टका लागि पोखराबाट १ सय ६९ थान आरडीटी किट आएको थियो ।

कोरोना परीक्षणका लागि बेंसीसहर नगरपालिकाको लक्ष्मीनारायाण बालमन्दिर, सुन्दरबजार नगरपालिकाको सर्वोदय मावि र लमजुङ कृषि क्याम्पस, मध्यनेपाल नगरपालिकाको इशानेश्वर क्याम्पस, राइनास नगरपालिकाको शौभाग्यदय मावि र शैलपुत्री मावि, मस्र्याङदी गाउँपालिकालको अमर मावि खुदी, जटेश्वर आधारभूत विद्यालय र प्रेम मिलन मावि, दोर्दी गाउँपालिकाको चैतन्योदय सत्य मावि र फलेनी मावि, दूधपोखरी गाउँपालिकाको गौंडा, इलमपोखरी, र विचौरमा परीक्षण हुने छ । 

साथै, क्व्होलासोंथर गाउँपालिको थल्जुकन्या प्रावि र घलेउत्तरकन्या मावि बगुममा हुने छ । विदेशबाट आएका १४ दिनदेखि २१ दिनसम्मको अवधि भएका व्यक्तिको परीक्षण गरिने छ । उनीहरुको किटमार्फत कोरोना संक्रमण सम्भावित भए नभएको बारे स्क्रिनिङ गरिने छ । स्क्रिनिङमा थप आशंका देखिएमा थ्रोट स्वाब लिएर परीक्षणका लागि पोखरा पठाइने प्रजिअ खड्काले  बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.