कोरोना कहर : संक्रमित खोज्‍न गाउँ पसे स्वास्थ्यकर्मी

कोरोना कहर : संक्रमित खोज्‍न गाउँ पसे स्वास्थ्यकर्मी

कालिकोट : जिल्लामा कोरोना भाइरसको महामारी रोक्न भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न डाक्टर सहितको स्वास्थ्यकर्मीको टोली गाउँ गएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली भारतबाट फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गाउँ गएको हो । 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले जिल्लाभरी भारतबाट फर्किएका हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्न टोली गाउँमा खटिएको जानकारी दिए ।

उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा झण्डै ४ सय नागरिक तत्कालिन अवस्थामा भारतबाट गाउँ फर्किएका छन् । पछिल्लो समय भारतबाट फर्किएका नागरिकमा धमाधम कोरोनाको संक्रमण देखिन थालेपछि जिल्लामा सबै नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली गाउँ गएको हो ।

जिल्ला अस्पतालमा कार्यरत डा. विज्ञान प्रजापतिको नेतृत्वमा गएको टोलीले सोमबार र मंगलबार जिल्लाको खाँडाचक्र नगरपालिकामा १४ जना र शुभकालिका गाउँपालिकाका ११ जना गरी २५ जनाको र्‍यापिड डाइगनोसिस टेष्ट गरेको छ । जसमा सबैको रिपार्ट नेगेटिभ आएको छ । 

गाउँमा पछिल्लो समय हुलका हुल मान्छे भारतबाट लुकेर आएका छन् । सरकारले लकडाउन गरेपछि यहाँका मान्छेहरुले पहिले पैदल हिड्ने बाटोको प्रयोग गरी गाउँ फर्किएकाले गाउँमा कोरोनाको त्रास बढी छ । सूचना अधिकारी महले भने, 'हामी गाउँमा भारतबाट फर्किएका हरेक व्यक्तिको आरडिटी परीक्षण गर्छौँ । गाउँमा एक सय दशमलव ४ डिग्री ज्वरो आएका व्यक्तिको स्वाब पनि संकलन गर्छौं। आरडिटी जाँचमा पोजेटिभ दिएपछि उनीहरुको पनि स्वाब संकलन गर्छौँ । 

उनका अनुसार जिल्लाका ९ वटा स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा २२ जना छन् । हालसम्म १ सय ९४ जना व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा ४ सय ४४ बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छन् । अधिकांश क्वारेन्टाइनहरु खाली छन् । 

प्रमुख जिल्ला अधिकारी कृष्णचन्दै पौडेलले जिल्लामा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना भाइरसका लक्षण मिल्ने बिरामी नरहेको बताए । उनले भने,' जिल्ला अस्पतालका डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली आरडिटी जाँचका लागि गाउँमा खटिएको छ ।

जिल्लामा स्थानीय सरकार बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र घर पठाइएका व्यक्तिको पनि निगरानी राख्ने गरेका छन् । जिल्लाबाट जम्मा ९ वटाको स्बाव संकलन गरी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला सामान्य छ । लकडाउनको पालना गर्नृका लागि प्रशासनले कडाइ गरेको छ । जिल्लामा मानवीय चहलपहल ठप्प छ ।  
   
   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.