जिल्लाभर एउटा मात्रै थर्मल गन

जिल्लाभर एउटा मात्रै थर्मल गन

ओखलढुंगा : मानिसको तापक्रम थाहा पाउनका लागि प्रयोग गरिने थर्मल गन जिल्लाभरि एउटा मात्रै थर्मद गन रहेको छ।  थर्मल गनको माग अत्यधिक भए पनि हाल जिल्लामा एउटा मात्रै थर्मल गन सञ्चालनमा रहेको छ।

खिजिदेम्बा गाउँपालिकाको लिम्ती नाकाको स्वास्थ्य सहायता कक्षमा उक्त थर्मल गन प्रयोगमा छ। थर्मल गन सो पालिकाले खरिद गरेर प्रयोगमा ल्याएको हो। 'एउटा थर्मल गन बेलैमा जोहो गरेका थियौँ र अहिले सञ्चालनमा छ' गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले भने 'अरु खरिद गर्नका लागि काठमाडौँका चोकचोक खोज्दा पनि पाउन सकिएन।' खिजीदेम्बा गाउँपालिकामा ११ वटा थर्मल गन आवश्यकता रहे पनि गाउँपालिकासँग एउटा मात्रै रहेको गाउँपालिका अध्यक्ष रोकाको भनाई छ। थर्मल गन बजारमै अभाव देखिएपछि खरिद गर्न नसकिएको सो गाउँपालिकाले जनाएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग भएको एउटा थर्मल गन हर्कपुर नाकामा राखिए पनि अहिले काम लाग्ने अवस्थामा छैन्। थर्मल गन बिग्रिएपछि तापक्रम नाप्न समस्या भएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताए। उनले  जिल्लाभरि थर्मल गन अभाव भएको जानकारी दिए।

खिजीदेम्बाबाहेक ओखलढुंगाका अन्य गाउँपालिकासँग थर्मल गन छैन्। 'थर्मल गन खरिद गर्नु ठूलो कुरा नभए पनि बजारमै सर्टेज भएपछि समस्या भयो' सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठले भने, 'अहिले हामीसँग एउटा पनि थर्मल गन छैन।' कोरोना भाइरसको सम्भावित संक्रमणबाट सुरक्षित भए तापक्रम लिन सजिलो हुने र तापक्रम लिइएको व्यक्तिले पनि विश्वास गर्ने भएका कारण थर्मल गनको माग धेरै भएको नगर प्रमुख श्रेष्ठ बताउँछन्।

प्रदेश सरकारले पनि अन्य मेडिकल उपकरण पठाए पनि थर्मल गन उपलब्ध गराएको छैन्। थर्मल गन हुँदा विरामी तथा संकास्पदको टाढैबाट परिक्षण गर्न सकिने भएकाले स्वास्थ्यकर्मी पनि सुरक्षित हुने हुँदा जिल्लाभर थर्मल गनको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.