लकडाउनमा बढ्यो काठ तस्करी : डढेलोले वनजन्तु असुरक्षित (फोटो/भिडियो)

लकडाउनमा बढ्यो काठ तस्करी : डढेलोले वनजन्तु असुरक्षित (फोटो/भिडियो)

बर्दिबास :  कोरोना भाइरसको महामारीबाट बच्न सबै घरभित्र बसेका छन् । गाउँ सरह सबै सुनसान छन् । तर योबेलामा वनमा काठको चोरी तस्करी भने बढिरहेको छ । साथै वनमा लागेको डढेंलोले पनि वन्यजन्तु थप असुरक्षित भएका छन् । 

डिभिजन वन कार्यालय महोत्तरीको टोलीले गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी कारखानामा फसेको निलगाई मृत अवस्थामा फेला परेको छ । कारखानभित्र पसेका निलगाईलाई उद्धार गर्न गाउँलेसहित गएका वन कर्मचारीले मरेको अवस्थामा बैशाख १ गते दिउँसो फेला परेका थिए । चार दिनअघि रामनगरमै जंगलबाट गाउँ पसेको चित्तललाई उद्दार गरिएको थियो । चैत्र ३० गते पनि बर्दिबासस्थित पाटु सामुदायिक वनको भीरमा फसेको निलगाईलाई गाउँले र वनकर्मचारीले उद्दार गरेर वनमा छाडेका थिए ।

लकडाउनको मौका छोपी वनमा काठ तस्करी र डढेंलो लगाएर वन्यजन्तुको सिकार गर्ने काम भइरहेको छ । रुखमा वसन्तु ऋतुसँगै पालुवा पलाएका छन् । शान्त, मनमोहक वातावरणबीच वनमा दानापानी नपाएर भोकाएका वन्यजन्तु भौतारिँदै गाउँ पस्ने गरेका छन् । शान्त वनमा डढेंलो दन्किरहेको छ भने, सिकारीहरूले रुखको जरामा बन्चरो, आरा चलाइरहेका छन् । मासु खान सिकारीहरूले वन्यजन्तुमाथि बन्दुक चलाइरहेको अवाज दिनहुँ वनबाट गाउँसम्म सुनिने गरेको गाउँले बताउँछन् ।

चैत्र–वैशाखको हावाहुरीसँगै वनमा डढेंलो पनि लागिरहेको छ । भोकाएका जीवजन्तुले बास स्थानमा आगो फैलिएपछि ज्यान जोगाउन भाग्दै गाउँ पुग्ने गरेका छन् । गाउँमा ती जीवजन्तुलाई घेरा हाली सिकार गरेर मासु खाने पनि गरिएको बर्दिबास नगरपालिकाका कार्यपालिका सदस्य सूर्य विश्वकर्माले जनाए । उनका अनुसार लकडाउनले बाहिर गएका सबै गाउँ फर्किएका छन् । वनमा आगलागी भएपछि भौतारिएर गाउँ पुगेका वन्य जन्तुहरूलाई लखेटेर भगाउने, जाल हानेर सिकार गरी मार्ने क्रम बढेको छ ।

वनमा भएका चराचुरुंगीका गुँड जलेर खरानी भएको छ । निलगाई, बँदेल, बाँदर, हरिण, मृग, स्याल, मयुर जस्ता वन्यजन्तुलाई वनमा बास स्थानकै समस्या छ । वनमा दिनहुँ आगलागी भइरहेको छ ।

वनबाट काठको चोरी–तस्कररी र वन्यजन्तुको सिकारी नियन्त्रण गर्न विशेष सुरक्षा सयन्त्र बनाएर काम भइरहेको डिभिवन वन कार्यालय महोत्तरीका डेफो हेमन्त साहले जनाए ।

‘लकडाउनले सबैतिर सुनसान छ । वन्यजन्तुहरू शान्त वातावरणमा गाउँसम्म पुग्ने गरेका छन् । यस्तो अवस्थामा वन्यजन्तु असुरक्षित भएका छन्,’डेफो साहले भने,‘लडकाउनमा हामी कोही घर नगएर २४ घण्टा तीन टोली बनाएर वन र वन्यजन्तुको संरक्षणमा खटिएका छौं । फसेका वन्यजन्तुको उद्धार, वनबाट हुने काठ तस्करी नियन्त्रण गर्न हामी सक्रिय छौं ।’ वनका  भएको आगलागी नियन्त्रणको लागि  कार्यालयका कर्मचारीलाई नयाँ प्रविधिको ट्रेनिङ्ग र पानी ट्यांकीको व्यवस्था मिलाएको उनले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.