कोरोना जित्ने रणनीति
कोरोना संक्रमणबाट समाजलाई सुरक्षित राख्न सरकारले चैत १० गते दोस्रो आयातित संक्रमित फेला पर्नासाथ बिना पूर्वतयारी चैत ११ देखि गरेको लकडाउन जारी छ। जसका प्रतिकुल असर धेरै देखिएका छन्। महामारी नियन्त्रणका लागि प्रहरीको कठोर निगरानी र सुरक्षामा रहने अर्थात् अनुमतिबिना आवतजावत गर्न नपाउने, विद्यालय, बजार, बैंक,रेस्टुराँ सबै बन्द गर्नु लकडाउन अर्थात हेल्थ कस्टडी हो। एक प्रकारको कफ्र्युजस्तै हो। देश भित्रिन नाकामा नाराबाजी, चोर बाटो, नदीमा पौडिन बाध्य छन् नेपाली।
८३ प्रतिशत उपचार बिनै निको
कोरोना भाइरस संक्रमित व्यक्तिबाट खोक्दा, हाच्छिउँ गर्दा अर्काे स्वस्थ व्यत्तिाmमा श्वासप्रश्वासको तथा मुखबाट निस्किने पानीका ससाना कणका माध्यमले र व्यक्तिबीचको सामानको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ। एकचोटी मानिसले खोक्दा करिब तीन हजार कण र हाच्छिउँ गर्दा १० हजार कण सतहमा खस्छन्। भाइरस संक्रमण भइसकेपछि पाँच दिनमा लक्षण देखापर्छ तर कहिलेकाहीं १४ देखि २१ दिन पनि लाग्न सक्छ। त्यसैले लक्षण नदेखिएकाबाट रोग सर्न सक्छ। एकजना मान्छेले दुईदेखि तीनजनालाई रोग सार्नसक्ने र ती नयाँ संक्रमितले फेरि दुईदेखि तीनजनालाई सार्दै फैलिँदै गई विकराल रूप लिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड ८३ प्रतिशतमा विशेष उपचार नभएरै निको हुन्छ। संक्रमण भएका छजनामध्ये एकजना गम्भीर रूपमा बिरामी पर्छन् र उनीहरूमा सास फेर्ने समस्या देखिन्छ। औसत रूपमा कोरोना दुई सातासम्म रहन्छ तर गम्भीर अवस्थाको भए तीनदेखि छ हप्तासम्म रहन्छ। लक्षण देखिएदेखि मृत्यृसम्मको समय दुईदेखि आठ हप्ताको छ। बालबालिका,५० वर्ष बढी उमेर, मुटु मिर्गौला, एचआईभी,क्षयरोग,मधुमेहलगायत भएकालाई सर्ने सम्भावना बढी छ।
निदान
पहिचानमै त कतै हामी चुकिरहेका छैनौ ? परीक्षणमा पनि संक्रमण पहिलो चरणमा रहँदा र बिरामीमा श्वासप्रश्वास समस्या कम भए,संकलन,परीक्षण सामग्री,ढुवानी र प्राविधिक समस्या भएमा पनि नेगेटिभ हुनसक्छ। मन्त्रालयले चीनबाट किनेका ७५ हजार आरडीटी किट गुणस्तरहीन भएको सुनियो। विश्वसनियतामा प्रश्न उठेको आरडीटी हाल प्रयोगमा छ,यसमा नेगेटिभ पनि पीसीआरमा पोजिटिभ देखिन थालिसकेका छन्। निदानमा ९८ प्रतिशत सफल सिटी स्क्यान देखिएको छ तर नेपालका लागि आकाशको फल नै हो।
धनगढी, सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीलाई घरबेटीले दुव्र्यवहार गर्देै घरमा बस्न दिएनन्। दाङमा स्टाफ नर्सलाई कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटीले निकालिदिए। पीपीई छैन भन्दै आकस्मिक तथा ज्वरो आएका बिरामी पनि नहेर्ने,सिधै पूर्वाधार नै नभएका राजनीतिक क्वारेन्टाइन र आइसोलेसन स्थान र अस्पतालमा पठाउने र कोभिडको नाममा अन्य बिरामीले भांैतारिनुपर्ने र मृत्यु अनइथिकल काम पनि भए।
विश्वमा संक्रमण अनियन्त्रित तरिकाले बढ्नु,अग्रपंत्तिाmमा रहँदा उच्च जोखिम, पीपीईबिना र कम गुणस्तरका कवचले काम गर्नुपर्ने बाध्यता, स्क्रिनिङ राम्रो नभई सबै बिरामीको पहिचान नहुनु, लामो समय काम गर्दा शरीरले आवश्यक आराम नपाउने,परिवारसँग भेटघाट, सम्पर्क निद्रा कम,खाना,पानीको अनियमितता र विश्वभर स्वास्थ्यकर्मी संक्रमित र मृत्यृको पीडा र त्रासले स्वास्थ्यकर्मीमा जोखिम उच्च छ। एकजना स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मी,अन्य बिरामी, बिरामीका आफन्तजन तथा परिवार र छरछिमेक सबैमा संक्रमण सर्छ। स्वास्थ्य आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिँदैनन् तर आफ्नो सुरक्षा अनुभूति नभएसम्म आत्मबल बढ्दैन र प्रतिबद्घ भई काम गर्ने जोश र जाँगर आउँदैन।
आईसीयू सकस
संक्रमणले महामारी रूप लिए देशभरका सरकारी अस्पतालमा सघन उपचार कक्षको चरम अभाव छ, केन्द्रीय र प्रादेशिक अस्पतालमा केही भए पनि जिल्ला र स्थानीय तहका अस्पतालमा छैनन्। उपत्यकामा १७० सघन उपचार कक्ष रहेकोमा कोभिडले गर्दा उपत्यकामा १२० र बाहिर ११५ शैया थप्ने सरकारले निर्णय गर्यो। आईसीयू विस्तार गर्ने निर्णयसँगै लकडाउन लागु गरेपछि ती सबै कागजमै सीमित भएका छन्। अन्तर्राष्ट्रिय मापदण्डमा आपतकालीन अवस्था वा महामारी व्यवस्थापनका लागि सबै अस्पतालले २० प्रतिशत बेड सधैं खाली राख्नुपर्छ। त्यसो त अस्पताल स्थापना निर्देशिकामा पाँच प्रतिशत आईसीयू बेड, हरेक दुई आईसीयू बेडमा १ भेन्टिलेटर, प्रतिशैया एक स्टाफ नर्स र तालिमप्राप्त चिकित्सक २४ सै घण्टा रहने अनिवार्य नभएको होइन तर व्यवहारमा ?
अबको रणनीति
स्वास्थ्य तथा जनसंख्यामन्त्रीले नयाँ वर्षको शुभकामना दिँदै विश्वव्यापी महामारी कोभिड-१९ माथि विजयी हासिल गर्न अब सरकारले ६ वटा ‘टी’ को रणनीति लिएर अघि बढ्ने बताएका छन्। ट्राभेल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिएको छ। कोरोना संक्रमणलाई प्रवेश गर्न नदिने रणनीति अँगालेको सरकारले सीमानाकामा उचित निगरानी गर्न नसकेपछि अब मुख्य तीन रणनीति अगाडि सार्न जरुरी छ। स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा क्वारेन्टाइनलाई अनिवार्य र कडा गर्ने,प्रयोगशालालाई हरेक अस्पतालबाट नमुना परीक्षण गरी देशभर विस्तार गर्ने र संक्रमितको आइसोलेसन तथा उपचारका लागि सबै अस्पतालमा व्यवस्थापन योजनाभन्दा कार्यान्वयन स्तरमा काम देख्न आम नागरिक उद्घत छौं।
कोरोनासँग लड्न यतिबेला समग्र विश्वले लजिकल वार स्रोेत, साधन र मानवीय जनशक्तिको वैज्ञानिक व्यवस्थापन गरी उच्चतम परिचालन गरिरहेका छन्। नेपालले पनि सोहीअनुसार लजिकल वार गरेर मात्रै बायोलोजकल वार-कोभिड १९ महामारीमा विजयी हासिल गर्न र संकटबाट पार पाउन सक्नेमा कसैको बिमति छैन।