डडेल्धुरामा संकलन गरिएका नमूनामध्ये ९७ को कोरोना रिपोर्ट 'नेगेटिभ'

डडेल्धुरामा संकलन गरिएका नमूनामध्ये ९७ को कोरोना रिपोर्ट 'नेगेटिभ'

डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमूना संकलन गरिएको छ। संकलन गरिएका थ्रोट स्वाबमा ९७ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ' आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ।

डडेल्धुरा का विभिन्न क्वारेन्टाइनमा बसेका मानिसको गत चैत २७ गते 'थ्रोट स्वाब' संकलन गरिएको थियो। सोही दिन नमूना काठमाडौं पठाइएको थियो। डडेल्धुराका तीन स्थानबाट 'थ्रोट स्वाब' संकलन गरिरहेको थियो।

डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि 'थ्रोट स्वाब' संकलन गरिएको थियो।

डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एक सय ९९ जनाको 'थ्रोट स्वाब' नमुना संकलन गरिएको थियो। जसमा ९७ जनामा कोरोना भाइरस परीक्षण रिपोर्ट 'नेगेटिभ'आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति भट्टका अनुसार जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको रिपोर्ट नेगेटिभ आएको हो। भित्रीमधेसबाट ११८ जनाको स्वाब संकलन गरिएको थियो। जसमा ९७ जनाको रिपोर्ट आएको छ भने भित्रीमधेसकै अझैं २१ जनाको आउन बाँकी छ।

आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट 'थ्रोट स्वाब' संकलन गरिएको थियो।

अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरूको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना संकलन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.