कोरोना प्रभाव : जिल्लाको अवस्था बुझ्न मुख्यमन्त्री स्याङजामा

कोरोना प्रभाव : जिल्लाको अवस्था बुझ्न मुख्यमन्त्री स्याङजामा

स्याङजा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनमा 'कम्प्रोमाइज' नगर्न निर्देशन दिएका छन्। स्याङजामा आयोजित विपद व्यवस्थापन समितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले लकडाउनको कार्यान्वयनमा कडाका साथ पालना गरी जनतालाई जोगाउनुपर्नेमा जोड दिए । 

सुरक्षा प्रमुखसहित सम्पूर्ण संयन्त्र र कर्मचारीले तोकिएको आ-आफना जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । 'चौध दिनको क्वारेन्टाइन अवधि पनि प्रयाप्त देखिएन, उनले थपे, ' सैतीसौं दिनपछि पनि संक्रमित भेटिँदा हामीसबैले थप सतर्कता अपनाउनै पर्छ । लकडाउनको पूर्ण पालना गर्न अनुशासित बन्नैपर्छ ।'
 

अत्यावश्यक सेवा दिनका लागि सरकार तयार रहेको जनाउँदै मानव स्वास्थ्यभन्दा ठूलो अरु केही नभएको उनले बताए। कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लाको अवस्था बुझ्ने उदेश्यले उनी स्याङजा आएका हुन्। मुख्यमन्त्री गुरुङ मंगलबार दिनभर स्याङजामै बिताए । प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ र प्रमुख सचिव हरि वश्यालसहित उनीसँगै आएको टोलीले सिद्धार्थ राजमार्ग अन्र्तगतका एक गाउँपालिकासहित ४ नगरपालिकामा बनाइएका क्वारेन्टाइन तथा आइसोलेसन भवन र सीमा नाकाको पनि अनुगमन तथा निरीक्षण गरे । 

फेदिखोला गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिकाका क्वारेन्टाइन र आइसोलेसनको निरीक्षण गरेका हुन् । कोरोना भाइरस संक्रमण बढेसँगै जिल्लाको अवस्था बुझ्न आएका मुख्यमन्त्री गुरुङले जिल्ला अस्पताल स्याङजा, फेदिखोलाको सिद्धार्थ मावि, पुतलीबजारको त्रिभुवन आदर्श क्याम्पस,  भीरकोटको कालिका सामुदायिक अस्पताल, वालिङको तमु समाज भवन र नेपाल आदर्श मावि र गल्याङमा बनाइएका क्वारेन्टाईन तथा आइसोलेशन वेडका अध्ययन, अनुगमन तथा निरीक्षण गर्दे राम्रो भएकोमा खुशी व्यक्त गरे । 

गण्डकी प्रदेश र प्रदेश ५ को सिमास्थत स्याङजा र पाल्पाको संगमस्थल राम्दी नाकामा पुगेर निरीक्षण गर्दै सुरक्षाकर्मी र गल्याङ नगरपालिकालाई विशेष निर्देशन दिँदै मानवीय सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिए ।

सरकारले पुनः १२ दिन लकडाउन बढाएर राम्रो काम गरेको उनको भनाई छ ।स्याङजाको अवस्था तथा सीमा नाकाबारे बुझ्न मुख्यमन्त्री स्याङजा आएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.