चट्याङ लागेर ७ वर्षीय बालिकाको मृत्यु
दार्चुला : दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राती चट्याङ लागेर मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार खातीको घरमा मंगलबार राती साढे ८ बजेतिर चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु समेत मरेको प्रहरी निरीक्षक जोशी बताए ।