डोटीमा कार दुर्घटना : ६ जना घाइते

डोटीमा कार दुर्घटना : ६ जना घाइते

डडेल्धुरा : डडेल्धुराबाट धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरेडीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराका प्रहरी हवल्दार शम्भुसिं धामीले जानकारी दिए।

कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालक सहित ६ जना सबै घाइते भएका छन्।

चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको पाइएको प्रहरीले जनाएको छ। कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पास नखुलाइएको प्रहरीले जानकारी दियो । 

घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ।

प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको छ। उनीहरूको उद्दार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाउने तयारी भइरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.