लकडाउनमा हिँडेर घर फर्किएका युवाको खसेर मृत्यु

लकडाउनमा हिँडेर घर फर्किएका युवाको खसेर मृत्यु

धादिङ : कोरोना भाइरसका कारण लकडाउनले काम गर्ने ठाउँमा थुनिएपछि पैदलै घर फर्किँदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरीका एक युवाको पुलबाट खसेर मृत्यु भएको छ। चितवनमा मुजदुरी गर्दै आएका ३८ वर्षीय होमबहादुर रानाको आफ्नै गाउँ नजिकैको बुंकोटघाट पुलबाट खसेर मृत्यु भएको हो। ज्वालामुखी गाउँपालिका-५ स्थित बाझोघर स्थाई घर भएका राना रोजगारीको लागि सपरिवार चितवनमा बस्ने गर्दथे।

रानाले बुधबार राति आफू घर आइरहेको जानकारी परिवारलाई गराएका थिए। रानाले परिवारलाई आफूलाई लिन बुङ्कोटघाटसम्म आउन भनेपछि उनको परिवार बुधबार राति नै बुंकोटघाट पुलमा पुगेको थियो। बुधबार राती साढे ८ बजेसम्म सम्पर्कमा रहेका रानाको त्यसपछि फोन उठेको थिएन। चेकजाँच कडाइ गरिएकाले गोरखापटि नै बसेको हुनसक्ने आशंकामा पुलसम्म लिन गएका परिवारका सदस्य पनि घर फर्किएका थिए। बिहीबार विहान भने पुलमुनि मृत अवस्थामा रानाको शव फेला परेको थियो। मृतक राना लकडाउन अघि परिवारसहित चितवनमा बस्दै आएका थिए। लकडाउन अघिनै उनको परिवार गाउँ फर्किए पनि उनी भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए। लकडाउन थपिँदै गएपछि उनी पैदलै हिडेर गाउँ फर्किएका थिए।

मंगलबार ज्वालामुखीमा गरिएको र्‍यापिड टेष्टमा १ जनामा कोराना पोजेटिभ देखिएपछि गोरखापटिबाट आवतजावत प्रवेशमा कडाइ गर्दै पुलमा छेकबार लगाइएको थियो।  बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना रहेको बुंकोटघाटस्थित बुढीगण्डकी नदीमाथिको पक्कि र झोलुङगे दुबै पुलबाट हुने आवतजावतमा कडाई गर्दै स्थानीयले छेकबार लगाएका थिए।

बुधबार राति उक्त छेकबार पार गरेर केहि नजिक आएपछि नदि किनारामा पुलको डिलबाट खसेको ज्वालामुखी गाउँपालिका-५ का अध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिए। उनले भने, 'परिवारका सदस्यलाई समेत पुलसम्म लिन आउन भनि फोन गरेका कारण उनी पुलको छेउमा आई बसेको अवस्थामा निदाएर वा झुक्किएर खसेको हुन सक्छ।' रानाको शवलाइ पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.