कोरोना भाइरस परीक्षण कसरी हुन्छ ?
काठमाडौं : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ? भन्ने जिज्ञासा यतिबेला सबैमा उत्पन्न गराइदिएको छ। कोरोना संक्रमण भए/नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ । कोरोना भाइरस पत्ता लगाउन दुई प्रकारका परीक्षण गरिन्छ। रियल टाइम (आरटी) पीसीर र द्रुत परीक्षण किट (र्यापिड डाइग्नोस्टक टेस्ट )। (आरटी) पीसीर विधि भनेको शरीरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो।कोरोना भाइरस मानिसको शरीरिभत्र थुकको छिट्टामार्फत मुख ,नाक र आँखाबाट प्रवेश गर्छ। त्यसपछि करिब ५ देखि ७ दिनसम्ममा शरीरमा भाइरसको संख्या वृद्धि भइसक्छ र यो बेला मानिसको घाँटी,नाक वा सासनलीबाट खकारको नमूना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस देखिन्छ।
यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ। अनि तेस्रो हप्तादेखि विस्तारै कम हुँदै जान्छ। त्यसैले आरटी पीसीआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिने पनि हुनसक्छ। तर शरीमार भाइरस प्रवेश गरेपछि यो भाइरस विरुद्धको एन्टीबडी विकास हुन थाल्छ। हालसम्मको अध्ययनअनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि 'एम' नामको एन्टीबडी बन्छ,यस्तो आइजीएम करिब एक महिना सम्ममा कम हुँदै जान्छ र करिब १४ दिनदेखि आइजी 'जी' नामको एन्टीबडी उत्पन्न हुन्छ। जुन केही लामो समयसम्म रहनसक्छ। आइजीएमले संक्रमण भएको संकेत गर्छ भने आइजीजीले संक्रमणको केही पुरानो हो भन्ने बुझाउँछ।।
हाल कोरोना परीक्षणको लागि प्रयोग हुने र्यापिड डाइग्नोस्टिक किट (आरडीटी )ले पनि कोरोना विरुद्धको यही एन्टीबडी देखाउने हो। त्यसैले द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ताअघि नै कोरोनाको संक्रमण भएको भन्ने बुझिन्छ। किनभने कोरोनाको एन्टीबडी विकास हुन कम्तिमा ७ दिन लाग्छ। त्यसैले कोरोना संक्रमण भएको सुरुको अवस्थामा र्यापिड डाइग्नोस्टिक किटबाट जाँच गर्दा पोजेटिभ देखिन सक्छ। त्यसैले कोरोना संक्रमणको सुरुको हप्तामा आरटी पीसीआरबाट र दोस्रो हप्ता कटेपछि र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा पोजिटिभ देखिने संभावना बढी हुन्छ।
साधारणतय,आरडीटीबाट नेगेटिभ आएको तर आरटी पीसीआर जाँचबाट पोजिटिभ देखिएमा कोरोना संक्रमणको सुरुको अवस्था हो।दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ता अघि संक्रमण भएको भन्ने बुझिन्छ। आरुटीडी पोजिटिभ र आरटी नेगेटिभ भए कम्तिमा ३ हप्ता अगाडि कोरोना संक्रमण भएको थियो र यसको विरुद्धको प्रतिरक्षा गर्ने एन्टीबडी उत्पादन भएको भन्ने बुझिन्छ।
आरटीडी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने वित्तिकै कोरोना संक्रमण छैन भन्न मिल्दैन। आरटिडीबाट परीक्षण गर्दा नेगेटिभ तर निजको कोरोना संक्रमित व्यक्तिसँग संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेकोछै भने एक हप्तापछि पुन: आरटीडी गराउनुपर्छ। त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा आएका छन् उनहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ।
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुकबाट