महामारीपछि अस्पतालमा थपिए उपकरण

महामारीपछि अस्पतालमा थपिए उपकरण

बुटवल : कोरोना महामारी रोकथाम, उपचारका लागि प्रदेश ५ मा स्वास्थ्य संस्थामा उपकरण र पूर्वाधार थप गरिएको छ । कोरोना उपचारका लागि प्रदेश सरकारले ५ सय ३९ बेडको आइसोलेसन अस्पताल बनाएको छ । बुटवलमा ५० बेडको कोरोना विशेष अस्पताल निर्माण भएको छ । जसमा १० वटा आइसियु र भेन्टिलेटर जडान गरिएको छ । यो कोरोना महामारी सुरु भएपछि धागो कारखानाको भवनमा बनाइएको अस्पताल हो ।

प्रदेश सरकारले भैरहवाको भीम अस्पताल, बुटवलको कोरोना विशेष अस्पताल, दाङको आर्युवेद प्रदेश अस्पताल र नेपालगञ्जको भेरी प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा तोकेर आइसोलेसन बनाइएको छ । यी चार अस्पतालमा २ सय ३० वेड बनाइएको छ । 

१२ जिल्लाका अन्य विभिन्न ४८ अस्पतालमा ३ सय ९ बेड रहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी थिए । प्रदेशमा ६ हजार ३ सय ३७ बेडको क्वारेन्टाइन बनाइएको छ । जसमा १६ सय ४६ जना बसेका छन् ।

प्रदेश सरकारले कोरोना परीक्षणका लागि भैरहवा, घोराही र नेपालगञ्जमा प्रयोगशाला बनाउने निर्णय गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार तीमध्ये भैरहवाको प्रयोगशाला सञ्चालनमा आइसकेको छ भने घोराही र नेपालगञ्जको प्रयोगशालामा उपकरण जडना भएका भइरहेका छन् ।

प्रदेश सरकारले कोरोना विशेष अस्पतालको निगरानीका लागि चार जना मन्त्रीसमेत खटाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी दाङ, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी बाके, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी बुटवल र सामाजिक विकास मन्त्री सुदर्शन बराल भैरहवाका अस्पतालमा खटिएका छन् ।

प्रदेश सरकारले १० करोडको कोरोना विपद कोष बनाएर स्वास्थ्य संस्था सुधारको कामसमेत गरेको छ । चार प्रादेशिक अस्पतालमा आइसियु, भेन्टिलेटर थपका लागि दुई÷दुई करोड रकम बिनियोजन गरिएको छ । भैरहवाका भीम अस्पतालमा भेन्टिलेटर र आइसियु जडान गरिसकिएको छ । बाकेको भेरी अस्पतालमा उपकरण जडान भइरहेको छ । वर्षाै पुराना अस्पतालमा प्रदेश सरकारले उपकरण थप गरी सुबिधायुक्त बनाएको छ ।

प्रदेशमा मंगलबारसम्म १२ सय ५ जनाको आरडिटीबाट कोरोना परीक्षण गरिएको छ । ती सबै नेगेटिभ छन् । 
बुटवलको कोरोना विशेष अस्पताल बुटवल उपमहानगरले बनाएको हो । क्वारेन्टाइन निर्माणको काम सबै स्थानीय सरकारले गरेका हुन् । प्रदेशका चार अस्पतालमा उपकरण जडान र आइसोलेसन बेड निर्माण प्रदेश मातहत भएका काम हुन् ।

प्रदेश सरकारले स्थानीय तहलाई अनुदान समेत दिएको छ । १ सय ९ तह र जिल्ला समन्वय समितिलाई गरी १३ करोड ६० लाख अनुदान दिएको हो । नेपालगञ्ज उपमहानगरले २५ र बुटवल, घोराही र तुल्सीपुरले २० लाखका दरले अनुदान पाएका छन् । अन्य नगरले १५ लाख र गाउँपालिकाले १० लाखका दरले अनुदान पाएका हुन् । यो अनुदानबाट राहत वितरण, कोरोना रोकथामको काम गर्न प्रदेशको निर्देशन छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.