राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन ‍माग

राज्य व्यवस्था समितिको बैठक तत्काल  बोलाउन ‍माग

काठमाडौं : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा. डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी छिन् । संग्रौलाले सिंगो मुलुक कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको र संसदको अधिवेशन चालु नरहेकाले सम्बन्धित सरकारी अधिकारीलाई आमन्त्रण गरी समिति बैठक बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई आग्रह गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालय कमिसनको हिसाब-किताबमा लागिरहँदा देशभरका स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा उपकरणबिनै खटिरहेकाले उचित सामग्रीको प्रबन्ध गर्न पनि उनले सरकारसँग आग्रह गरेकी छन् । टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरुको विश्वसनीयतामाथि नै प्रश्न उठेकाले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक आवश्यक रहेको उनको दावी छ।

भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उनले माग गरेकी छिन् ।  यस्तै,उनले लकडाउनमा बाटोमा अलपत्र परेकाहरुको उद्दार गर्न सरकारसँग माग गरेकी छिन्।लकडाउनमा फसेकाहरुको तत्काल उद्दार गर्न प्रदेश र स्थानीय निकायसँग समन्वय गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.