थर्मल गन छैन, थर्मोमिटरले ज्वरो नाप्छन स्वास्थ्यकर्मी

थर्मल गन छैन, थर्मोमिटरले ज्वरो नाप्छन स्वास्थ्यकर्मी

बेंसीसहर : कोरोना (कोभिड–१९) को संक्रमण जोखिम बढिरहेका बेला लमजुङका स्थानीय तहमा सामान्य तापक्रम नाप्ने थर्मल गन बिनै स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन्। कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक स्वास्थ्यजन्य सामाग्री स्थानीय तहमा पर्याप्त छैनन्। 

मर्स्याङ्दी र दोर्दी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गन पनि नभएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्। मर्स्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले संक्रमणको बेला थर्मल गन नहुँदा समस्या भएको बताए। ‘ज्वरो नाप्ने थर्मल गन छैन, थर्मोमिटरले नापेर काम चलाएका छौँ’, घिमिरेले भने।

थर्मलगन बिना नै बिरामीको ज्वरो थर्मोमिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनुको साथै संक्रमणको उच्च जोखिमसमेत बढेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए। दुधपोखरी गाउँपालिकामा शुक्रबार मात्रै एउटा थर्मल गन पठाइएको छ। बेंसीसहरस्थित स्वास्थ्य कार्यालयमा पनि थर्मल गनको व्यवस्था नभएको कार्यालय प्रमुख अमर दवाडीले बताए।

संघ र प्रदेश सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामाग्री माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त रूपमा प्राप्त गर्न नसकेको जनप्रतिनिधिको गुनासो छ। हालसम्म जिल्लामा रहेका आठमध्ये ५ वटा स्थानीय तहमा २२ वटा थर्मल गन छन्।

त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी दुई सय ८६ थान पीपीई छन्। चार सय ६५ ह्याण्ड स्यानिटाइजर र भिटिएम ६ थान रहेको क्विक रेस्पोन्स टिमका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए। यसबाहेक एन ९५ मास्क ७ थान मात्र रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.