स्वाब परीक्षण गरिएका १९९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

स्वाब परीक्षण गरिएका १९९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि नमुना संकलन गरिएका डडेल्धुराका १९९ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट १९९ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।  डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरी गत चैत २७ गते नमुना काठमाडौं पठाएको थियो।

सदरमुकाम नजिकैको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो।

डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एक सय ९९ जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको थियो। जसमा सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर एवम् कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

परशुराम नगरपालिकाका १०२ जना, अमरगढी नगरपालिका र गन्याधुरा गाउँपालिकाका २१/२१, भागेश्वर गाउँपालिकाका १६, आलितालका १५, नवददुर्गाका १२ र अजयमेरु गाउँपालिकाका ११ जना गरी १९९ जनाकै रिपोर्ट नेगेटिभ आएको कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति भट्टले बताए।

हालसम्म डडेल्धुरामा ३६ जना क्वारेन्टाइनमा बसेका छन्। जसमा परशुराम नगरपालिका २९ जना, अमरगढी नगरपालिकामा ४ जना र भागेश्वर गाउँपालिकामा ३ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.