सिन्धुलीमा कोरोना त्रास : बस्तीबस्तीमा ढाट राखेर प्रवेश निषेध

सिन्धुलीमा कोरोना त्रास : बस्तीबस्तीमा ढाट राखेर प्रवेश निषेध

सिन्धुली : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सिन्धुलीका गाउँगाउँमा ढाट राखेर पैदलयात्रुलाई समेत रोक लगाइएको छ। लकडाउनको अवज्ञा गर्दै गाउँ बस्तीमा सवारी र पैदलयात्रीको आवतजावतमा कम नभएपछि स्थानीयले चोकचोकमा ढाट राखेर बस्ती प्रवेशमा निषेध गरेका हुन्।

सिन्धुलीको कमलामाई नगरपालिका-४ को विभिन्न स्थान, वडा नं. ५ को रानिखोला, तल्लो मधुटार, नयाँ बस्ती, वडा नं. ६ को रातमाटा, वडा नं. ७ को विभिन्न स्थानमा र  दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिकामा समेत विभिन्न टोल सुधार समिति र स्थानीयले ढाट राखेका हुन्। 

कोभिड–१९ को संक्रमण कम गर्न भन्दै सरकारले गत चैत्र ११ गतेबाट पुरै देश लकडाउन गरेपनि त्यसको उलंघन गर्दै घर बाहिर बिना काम पनि हिँडडुल गर्ने क्रम रोकिएको छैन्। सदरमुकाममा प्रहरीले कडाई गरेपनि ग्रामीण क्षेत्रमा सहरबाटै घुम्न आउनेको संख्या बढेपछि बस्तीमा त्रास बढेको भन्दै ढाट राखिएको स्थानीयले जनाएका छन्। 

यसैबीच स्थानीयले ढाट प्रयोग गरेर सडकनै बन्द गरेपछि विरोध सुरु भएको छ। लकडाउनको पूर्णरुपमा कार्यान्वय गर्नुपर्ने भएपनि बस्तीमा ढाट राखेर आफू चाहिँ बिना काम लखरलखर गाउँ र शहर धाउने काम रोकिनुपर्ने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको भनाई छ। 
बस्तीमा ढाट राख्दा अत्यावश्यक कामका लागि आउने व्यक्ति, सवारीसाधन, एम्बुलेन्स, दम्कल, सुरक्षा निकायका सवारी साधनलाई आवत जावतमा समेत समस्या हुने गरेको उनको भनाई छ। 
‘बस्तीमा ढाट लगाउनुभन्दा आफु घरबाटै बाहिर ननिस्कने हो भने राम्रो हुन्छ। यस्तो कार्यले अर्कोलाई समस्या बनाउन सक्छ,’ उनले भने।
अधिवक्ता जय सापकोटाले पनि सामाजिक सञ्जालमै बस्तीमा ढाट राखेर अत्यावश्यक सामाग्रीको ढुवानी, सुरक्षाकर्मी, एम्बुलेन्स र बारुण यन्त्रसमेत बन्द गर्नु राम्रो नभएको तर्क गरेका छन्। 
 तीनपाटन गाउँपालिकाका विभिन्न स्थानमा स्थानीयले राखेको ढाटलाई  भने बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल स्वयम्ले हटाउन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.