सीमामा सशस्त्र प्रहरीको कडा निगरानी

सीमामा सशस्त्र प्रहरीको कडा निगरानी

दार्चुला : भारतमा रहेका नेपालीहरू दिनप्रतिदिन महाकाली तरेर आउन थालेपछि सशस्त्र प्रहरीले दार्चुला सीमा नाकामा निगरानी बढाएका छन्। जिल्लाका भारतसँग जोडिएका सीमामा चौबीसै घण्टा निगरानी थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले जानकारी दिए।

यतिबेला सीमा क्षेत्रका दुवै देशका नागरिकलाई आवतजावतमा पूर्ण रोक लगाइएको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरू खटिएको पाइएको छ।  

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाले लेकमको लालीदेखि ब्याँसको डोकटसम्मका आठ स्थानमा अस्थायी पोस्ट स्थापना गरेको छ महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिति जनाएको हो। 

सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाँकु, उकु, डिन्सी, महाकालीको काँकडा, व्याँसको धौलाकोट स्याँकु र डोकटमा अस्थायी पोस्ट स्थापना गरिएको गुल्मपती बिस्ट्ले बताए।               


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.