मन्दिरको भेटी राहत कोषमा
सन्धिखर्क : अर्घाखाँचीका मन्दिरमा चढाइएको भेटी स्थानीय सरकारको कोरोना राहात कोषमा जम्मा गरिएको छ। सन्धिखर्क ७ खाँचीकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिरमा र सन्धिखर्क २ चुत्राबेसीको सिद्धेश्वर शिवालय मन्दिरमा चढाइएको भेटीको रकम स्थानीय पालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिएको हो।
सुपा देउराली मन्दिरले सन्धिखर्क नगरपालिकाको विपद वयवस्थापन कोषमा र शितगंगा नगरपालिकाको कोरोना विपद व्यवस्थापन खातामा एक लाख एक हजारका दरले दुई लाख २ हजार जम्मा गरेको मन्दिर संरक्षण तथा व्वस्थापन समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिए।
विपदको समयमा सबै मिलेर राहात कोष बनाउनु पर्ने भएकाले मन्दिरको भेटीे रकम २ नगरपालिकामा सहयोग गरेको मन्दिर संरक्षण तथा व्वस्थापन समितिका महासचिव यादव घिमिरेले बताए। मन्दिरको भेटी विद्यालय सञ्चालन तथा विभिन्न विकास निर्माणका काममा खर्च हुँदै आएको थियो।
सिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क २ चुत्राबेसीले कारोना रोकथाम, नियन्त्रण तथा राहतका लागि सन्धिखर्क नगरपालिकाको राहात कोषमा ५१ हजार रुपैयाँ अािर्थक सहयोग गरेको छ।
मन्दिरमा जम्मा भएको भेटीसन्धिखर्क नगरपालिकाको विपद व्वस्थापन कोषमासहयोग गरेको सिद्धेश्वर शिवालय मन्दिरका संरक्षक नारायण खनालले बताए। नेपालमा एक मात्र स्फटिक धातुको शिवलिंग रहेको सिद्धेश्वर मन्दिरमा दैनिक रुपमा वैदिक विधिपूर्वक पुजा आजा गरिँदै आइएको छ।
राहतका प्याकेज एउटै तवरबाट गर्न र सबैलाई बराबर पर्ने गरी वितरण गर्ने अर्घाखाँचीका स्थानीय सरकारहरुले आफूखुसी राहत वितरणमा प्रतिबन्ध लगाएका छन्। लक डाउनका कारण दुई छाक टार्न समस्या परेका परिवारलाई एउटै मापदण्डबाट राहत वितरण गर्नका लागि भन्दै पालिकाहरुले यस्तो निणैय गरेका हुन्।
जिल्लाका ६ स्थानीय सरकारको विपद व्वस्थापन खातामा १ करोड ८९ लाख ७३ हजार २ सय ६७ रुपैया संकलन भएको छ।