काठमाडौंबाट आठ हजार श्रमिक हिँडेरै सिन्धुली कटे

काठमाडौंबाट आठ हजार श्रमिक हिँडेरै सिन्धुली कटे

सिन्धुली  : देश लकडाउन गरिएपछि रोजगार गुमाएका लगभग आठ हजार श्रमिक काठमाडौंबाट बनेपा–सिन्धुली–बर्दिवास (विपि) राजमार्ग हुँदै  पैदल घर फर्किएका छन्। शनिबार मध्यान्नसम्म विपि राजमार्गबाट सिन्धुली हुँदै पूर्वी नेपाल तथा तराईका जिल्ला फर्कनेको संख्या ८ हजार बढी भएको सिन्धुली प्रहरीले जनाएको हो।

राजधानी काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकमा श्रम गर्दै जीवननिर्वाह गर्ने श्रमिक तथा सर्वसाधरण लकडाउनले रोजगारी गुमेपछि सयौं किलोमिटर पैदल हिँडेरै गाउँ फर्किएका सिन्धुलीकी प्रहरी प्रमुख रन्जु सिग्देलले बताइन्। 

ओखलढुङ्गा, खोटाङ, उदयपुर, सुनसरी, सिराहा, महोत्तरी, धनुषा लगायतक जिल्लाका श्रमिक र विपन्न बालबच्चासहित काठमाडौंबाट चार पाँचदिनसम्म पैदल हिँडेर घर फर्कने गरेका छन्। उनीहरूको सिन्धुली प्रहरीले र सुनकोसी गाउँपालिकाको दुम्जा प्रहरी चौकीले रेकर्ड राख्ने गरेको छ। 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासबीच सरकारले देश लकडाउन गरेपछि सवारी साधन र खर्चको अभावमा पैदल हिँडेर गाउँ फर्कनेहरूको संख्या बढ्दै गएको र जिल्लामा स्थानीय सरकार, प्रहरी र सर्वसाधरण उद्दारमा जुट्दै आएका छन्।  काठमाडौं उपत्यकामा अलपत्र परेका र पैदल हिँडेका यात्रुहरूलाई व्यवस्थित गर्दै गन्तव्यसम्म पुर्‍याउन सर्वोच्च अदालतले शुक्रबार सरकारलाई आदेश दिए पनि यस विषयमा सरकारले ठोस निर्णय गर्न सकेको छैन। बरु प्रधानमन्त्रीले सर्वसाधरणलाई पैदल हिँड्न रोक लगाउन आदेश दिएपछि सर्वसाधरणले थप सास्ती भोग्दै आएका छन्। 

पैदल यात्रुहरू दैनिक सयौंको संख्यामा विपी राजमार्ग हुँदै सिन्धुली भित्रने गरे पनि उनीहरूलाई खान र बस्न समस्या हुने गरेको छ।
‘कतिपय बालबालिका, वृद्धको अवस्था निक्कै कष्ठकर र दयानीय भएको पाइएपछि आफ्नो ज्यान जोखिममै राखेर भए पनि विपत्का समयमा समस्यामा परेका पैदल यात्रीहरूलाई उद्धार गरिरहेका छौं,’ प्रदेश सभा सदस्य राजन दाहालले भने।

पैदल यात्रीको व्यवस्थापन नगर्दा गाउँपालिका र सिन्धुली पुरै जिल्लामा कोरोना संक्रमणका दृष्टिले थप जोखिममा पर्ने देखिएपछि उनिहरूलाई मानवीय दृष्टिले र राजनीतिककर्मीको हैसियतले उद्दार गरेको दाहालको भनाइ छ। 

विपि राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग हुँदै पैदल यात्रगर्नेहरूको उद्दारमा स्थानीय सरकारहरू पनि लागि परेका छन्। मध्यपहाडी लोकमार्ग र विपी राजमार्गमा पैदल यात्रा गर्ने झण्डै  १ हजार बढी श्रमिकलाई खाना र गाडीको व्यवस्थापन गरेर उद्दार गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए।

यस्तै दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउत र मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले मदन भण्डारी लोकमार्गबाट पैदलयात्रा घरसम्म हिँडेका चार सय बढीको उद्दार गरिएको जनाएका छन्।

‘संघिय सरकारले काठमाडौंमा रहेका मजदुरहरूको व्यवस्थापन र राहतमा उचित कदम नलिएपछि भोकभोकै पैदल यात्रमा निस्केका यात्रुहरूलाई खाना, खाजा, पानी र यातायातको साधनको व्यवस्थापन गरी जिल्लाको सिमाना सम्म पुर्‍याउने काम गरेका छौं,’ मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले भने।

जिल्लामा प्रहरीले समेत सम्भव भएसम्मका यात्रुहरूलाई निशुल्क सवारी साधनको व्यवस्थापन गर्दै जिल्लाको सिमानासम्म पुर्‍याउन मद्दत गर्दै आएको छ। यहाँको निजी स्तरको भगवती बोर्डिङ स्कुल र शिद्धबाबा बोर्डिङ स्कुलले आफ्नो विद्यालयको बस प्रयोग गरेर तराई तथा पूर्वी जिल्ला हिँडेका पैदल यात्रुहरूलाई छिमेकी जिल्लाको सिमनासम्म पुर्‍याउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.