लकडाउनले रगत अभाव

लकडाउनले रगत अभाव

जनकपुरधाम : महोत्तरीको रामगोपालपुरका प्रदिप मण्डलले दुई दिन अगाडि प्रादेशिक अस्पताल जनकपुरमा श्रीमती मनिषा मण्डललाई भर्ति गराए । 

मनिषाको गर्भपात भएको हुँदा उनको अवस्था निकै चिन्ताजनक थियो । उनलाई तत्कालै रगतको आवश्यकता पर्यो । बि निगेटिभ ब्लड ग्रुप भएकी मनिषाका लागि रगतको जोहो गर्न प्रदिप नेपाल रेडक्रस सोसाईटीमा गए तर उनले तत्कालै रगत पाउन सकेनन् । 

उता मनिषाको अवस्था गम्भीर भइ उनलाई थप उपचारको लागि आइशियुमा भर्ना गरियो । केही दाताको सहयोगमा रगत जोहो भए पनि समयमै रगत नपाउँदा बिरामीको ज्यानै जोखिम परेको हो । 

पछिल्लो २५ दिनदेखिको लकडाउनले गर्दा नेपाल रेडक्रस सोसाईटी जनकपुरको ब्लड बैंकमा रगत अभाव भएको छ । ‘रत्तदान जीवन दान’ भनिए पनि कोरोनाको डरले रगत दानको काम रोकिएको छ । जसले गर्दा कैयौं बिरामीको ज्यान जोखिममा परेको छ । 

धनुषाको ठेरा गाउँका राजकिशोर मण्डलकी श्रीमती सिता मण्डललाई पनि दुई दिन अगाडी प्रसुती गराउन जनकपुर ल्याइयो । एक निजी अस्पतालमा प्रसुती गराएकी सिताको प्रसवका बेला अत्याधिक रत्तश्राव भएपछि रगत चढाउनु पर्ने चिकित्सकहरुले बताए । तर रतग पाउन उनीहरूलाई निकै समस्या झेल्नुपर्‍यो। 
सीतालाई रगत दिएर सहयोग गर्न केही सञ्चारकर्मीले पहल गरे पनि ब्लडग्रुप नमिलेकै कारण कठिनाइ थपिएको थियो । 

रगत अभावले गर्दा सबैभन्दा बढी समस्या प्रसव अवस्थाका महिलाले नै भोग्नु परिरहेको चिकित्सकहरू बताउँछन् । शल्यकृया गरी बच्चा जन्माउँदा वा प्राकृतिक रूपमा प्रसुती गराउँदा पनि रगत दिनुपर्ने हुनाले यस्तो बेला सबैले रत्तदान गरी सहयोग गर्नुपर्ने चिकित्सकले आह्वान गरेका छन् ।

‘यो विसम परिस्थितिमा घरघरमै गएर पनि हामी रगत संकलन गर्ने गरेका छौं,’ नेपाल रेडक्रस सोसाईटी जनकपुरका प्रमुख नरेश सिंहले भने, ‘लामो समयदेखिको लकडाउनका कारण रत्तदानको कार्यक्रम हुन सकेका छैनन् जसले गर्दा ब्लड बैंकमा रगतको अभाव भएको छ ।’
अत्यावश्यक परिस्थितिमा रगत चाहिएका बिरामीले रेडक्रससँग सहयोग माग्दा कतिपय अवस्थामा उनीहरुलाई आफ्ना आफन्तहरु खोजेर रगतको बन्दोबस्त मिलाउन भन्ने गरिएको छ । 

‘हामीसँग नियमित डोनरहरुको सम्पर्क छ तर, घरमा गएर रगत संकलन गर्दा अन्य सदस्य डराउने आत्तिने हुँदा कठिनाइ हुन्छ’, प्रमुख सिंहले थपे । 
सामान्य परिस्थितिमा धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रामेछाप, सिन्धुली र रौतहटबाट पनि रगत डोनेशन भइ जनकपुरको ब्लड बैंकका जम्मा हुने गर्थ्यो । तर, अहिले कहीँ कतैं रक्तदानको कार्यक्रम हुन सकेको छैन। 

निगेटिभ ब्लड ग्रुप भएका बिरामीका लागि रगत जुटाउन अझ गाह्रो हुने गरेको सिंहले बताए । ए.भि निगेटिभ, ओ निगेटिभ, ए निगेटिभ, बि निगेटिभ जस्ता ब्लड ग्रुप भएका व्यक्तिहरु बिरामीको रूपमा आउँदा तिनका लागि डोनर खोज्न निकै गाह्रो हुने गर्दछ । 

‘रत्तदान गर्न चाहनेहरुले रेडक्रसँग सम्पर्क गरेर रक्तदान गरी अरुलाई सहयोग गरिदिनहुन हाम्रो अनुरोध छ, ’ प्रमुख सिंहले भने, ‘हाम्रो सानो सहयोगले कसैको जीवन रक्षा गर्न सक्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.