राहत वितरणमा पक्षपात भयो : कांग्रेस

राहत वितरणमा पक्षपात भयो : कांग्रेस

काठमाडौं : सत्तारुढ दलले राहत वितरणमा विभेद गरेको काँग्रेसले आरोप लगाएको छ। नेकपाबाट निर्वाचित स्थानीय सरकारले आफ्नो पार्टी निकटका मतदातालाई राहत बाँढेको सो दलको आरोप छ। शनिबारको पदाधिकारी बैठकले राहत वितरणमा पक्षपात नगर्न स्थानीय निकायको ध्यानाकर्षण गराएको छ।

सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको विवरण प्राप्त भएपछि राहत न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। राहतलाई व्यवस्थित बनाउन स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न बैठकले माग गरेको उनले जानकारी दिए।

सरकारले घोषणा गरेको राहत बजेट अझै सम्बन्धित क्षेत्र र व्यक्तिसम्म नपुगेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। काठमाडौं लगायत अन्य सहरमा खान बस्न समस्या भएर पैदलै घर फर्किरहेकाहरुलाई आफ्नो घर पुग्ने व्यवस्था तत्काल मिलाउन सो दलले सरकारसँग आग्रह गरेको छ। बाटोमा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहजिकरणका लागि पार्टी पंक्तिलाई समेत निर्देशन दिएको छ। ‘सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहिँ पनि, कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजिकरण गर्न कांग्रेसका साथीहरूलाई बैठकले अपिल गरेको छ,’ पदाधिकारी बैठकको निर्णयमा उल्लेख छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार पनि पार्टीका भ्रातृ संस्था एवं शुभेच्छुक संगठनका साथै पार्टीका स्थानीय सरकारलाई पैदल यात्रुलाई गाँस र बासको व्यवस्था गर्न निर्देशन दिएका थिए। सो पार्टीले संक्रमण फैलन नदिन कोरोना उपचार केन्द्रको अलग व्यवस्था गर्न, परीक्षणको दायरा र गति बढाउँदै घुम्ती शिविरमार्फत समुदायमा स्तरमा पुर्याउन माग गरेको छ। स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, पर्याप्त गुणस्तरीय पीपीई र अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ।

स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग शनिबारको बैठकले पनि दोहो¥याएको छ। ‘कुनै पनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न माग गर्दछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ। साथै, विदेशमा रहेका नेपालीको सुरक्षा र राहतका लागि उच्चस्तरीय कुटनैतिक पहल बढाउन कांग्रेसले आग्रह गरेको छ। नेपाली दूतावासहरुलाई नेपालीको हितमा सक्रिय बनाउन तथा नेपाली जनसम्पर्क समिति, गैर आवासीय नेपाली संघ (एनआरएनए) एवं अन्य संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न सो पार्टीले अपिल गरेको छ।

घर फर्किनेक्रममा महाकाली पारी धार्चुला आइपुगेका र सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश दिन र क्वारेन्टाइनमा राख्न सरकार उदासीन रहको कांग्रेसको आरोप छ। पार्टीले कृषि क्षेत्रलाई आवश्यक राहतको प्रबन्ध गराउन सरकारको ध्यानाकर्षण गराएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.